+
+
Shares

अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड, बढी योगदान बागमतीको

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
  • नेपालको अर्थतन्त्रमा बागमती प्रदेशको योगदान सबैभन्दा धेरै ३६.७ प्रतिशत र कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ४.२ प्रतिशत छ ।
  • चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३ अमेरिकी डलर र प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ डलर पुग्ने अनुमान छ ।

१३ जेठ, काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड पुगेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार सो अंकमा पुगेको हो ।

अर्थतन्त्रमा प्रदेश अनुसार सबैभन्दा धेरै योगदान बागमती प्रदेशको रहेको छ । जसले ३६.७ प्रतिशत हिस्सा ओगटेको छ । सबैभन्दा कम कर्णाली प्रदेशको ४.२ प्रतिशत रहेको छ । नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा अधिक रहने देखिएको छ ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उपभोगको हिस्सा ९०.३ प्रतिशत रहने देखिएको छ । यस अवधिमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३, प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ र खर्चयोग्य आय २ हजार ५५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?