News Summary
Generated by OK AI. Editorially reviewed.- बोनम्यारो पीडित सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इष्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।
- न्यायाधीश श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गरी आफ्नो उपचारका लागि भइरहेको आर्थिक संकलनको कार्य रोकिदिन आग्रह गरेका छन् ।
- न्यायाधीश श्रेष्ठले विज्ञप्तिमा \"आशा छ, तपाईंहरुले मेरो अनुरोधलाई स्वीकार गरी रकम संकलनको कार्य स्थगित गर्नुहुनेछ,\" भनेका छन् ।
१३ जेठ, काठमाडौं । बोनम्यारो समस्याबाट पीडित सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इष्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।
श्रेष्ठले एक विज्ञप्ति जारी गरेर आफ्नो उपचारबारे जानकारी गराएका हुन् । केही सातादेखि उनको उपचार चलिरहेको छ ।
न्यायपालिका अधिकृत समाजले न्यायाधीश श्रेष्ठको उपचारका लागि स्वेच्छिक रुपमा आर्थिक सहयोगको आह्वान गरेको थियो ।
तर न्यायाधीश श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गरी आफ्नो उपचारका लागि भइरहेको आर्थिक संकलनको काम रोकिदिन आग्रह गरेका छन् ।
न्यायाधीश श्रेष्ठले विज्ञप्तिमा भनेका छन्, ‘आशा छ, तपाईंहरुले मेरो अनुरोधलाई स्वीकार गरी रकम संकलनको कार्य स्थगित गर्नुहुनेछ ।’
न्यायाधीश श्रेष्ठ ६५ वर्षे उमेरहदबाट आगामी १४ भदौमा अवकाश हुँदैछन् ।
उनी २०७८ साल चैत १५ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए ।
प्रतिक्रिया 4