+
+
Shares

सेयर बजारमा करिब एक महिनापछि ६ अर्ब नाघ्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारमा झन्डै एक महिनापछि कारोबार रकम ६ अर्ब रुपैयाँ नाघेर ६ अर्ब ३ करोड पुगेको छ ।
  • नेप्से परिसूचक ४.९९ अंकले बढेर २७८२ अंकमा कायम भएको छ ।
  • हालै सूचीकृत कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशतले बढेको छ ।

१३ जेठ, काठमाडौं । सेयर बजारमा झन्डै एक महिनापछि कारोबार रकम ६ अर्ब नाघेको छ । बुधबार बजारमा ६ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम वैशाख १५ यताकै उच्च हो । त्यसयता ६ अर्बमुनि कारोबार रकम खुम्चिँदै आएको थियो ।

आज बजार परिसूचक नेप्से भने जम्मा ४.९९ अंक (०.१७ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २७८२ अंकमा कायम भएको छ । १५१ कम्पनीको मूल्य बढ्यो भने १०५ को घटेको छ । त्यस्तै १४ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

बैंकिङ ०.२७, विकास बैंक ०.१३, जलविद्युत् ०.०६, लगानी ०.५८, जीवन बीमा ०.६८, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.५४ र व्यापार समूह ०.७३ प्रतिशत बढे । अन्य ०.३०, उत्पादन तथा प्रशोधन ०.४३, होटल तथा पर्यटन ०.२४ र फाइनान्स ०.३८ प्रतिशत घटे ।

कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशत बढ्यो । यो कम्पनी हालै सूचीकृत भएको हो । त्यस्तै बुंगल हाइड्रोको १३.३७, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ८.५२, आँखुखोला जलविद्युतको ३.९३ तथा माथिल्लो मैलुङखोलाको ३.५१ प्रतिशत मूल्य बढ्यो ।

आज मूल्य धेरै घट्नेमा डिवेन्चर रहेका छन् । त्यस्तै धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, नेसनल हाइड्रोपावर, अपी पावर र ङादी ग्रुप छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?