+
+
Shares

उच्च अदालतको आदेश- ‘लालीबजार’ का केही शब्द नसुन्ने बनाउनू

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत पाटनले चलचित्र 'लालीबजार' का केही विवादित दृश्य र श्रव्य सामग्री नसुन्ने बनाएर मात्र प्रदर्शन गर्न आदेश दिएको छ ।
  • न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र अच्युत कुईंकेलको संयुक्त इजलासले रोशनी वादीको रिटमाथि सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो ।
  • अदालतले केन्द्रीय चलचित्र जाँच समितिको निर्णय बमोजिम 'वादी' र 'राजाको सामान' जस्ता शब्दहरू नसुन्ने बनाउन निर्देशन दिएको छ ।

१३ जेठ, काठमाडौं । चलचित्र लालीबजारका केही दृश्य र श्रव्य सामग्री नसुन्ने बनाएर मात्रै प्रदर्शन गर्नका लागि अदालतले आदेश जारी गरेको छ ।

रोशनी वादीले उच्च अदालत पाटनमा हालेको रिट निवेदनमाथि न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र अच्युत कुईंकेलको संयुक्त इजलासले सुनुवाइ गर्दै सो आदेश जारी गरेको हो ।

केन्द्रीय चलचित्र जाँच समितिले गरेको निर्णयको बुँदा नम्बर २ मा उल्लेख भएको ‘वादी’, ‘राजासावकोमा चलाउने प्रसाद, राजाको सामान’ भन्नेसम्मका शब्दहरू नसुन्ने बनाउन इजलासले आदेश दिएको हो । सो बमोजिम कार्यान्वयन भए नभएको समितिबाट नियमित अनुगमन गरी सो को कार्यान्वयन हुने प्रबन्ध गर्नू समेत आदेशमा भनिएको छ ।

अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि फिल्म तत्कालका लागि निर्वाध प्रदर्शनको बाटो खुलेको फिल्मका कानुन व्यवसायी ताराकुमार श्रेष्ठले बताए ।

फिल्मले वादी समुदायको मर्यादामा आँच पुगेको भन्दै रोशनी वादीले रिट दायर गरेकी थिइन् । यसअघि पनि उच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

उक्त आदेशलाई चुनौती दिँदै रोशनीले सर्वोच्चमा रिट हालेकी थिइन् । सर्वोच्चले अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने निक्र्योल गर्न भन्दै उच्च अदालत पाटनलाई आदेश दिएको थियो ।

सर्वोच्चको उक्त आदेशअनुसार उच्चमा पुनः सुनुवाइ भएको हो । कानुन व्यवसायी श्रेष्ठका अनुसार उच्च अदालतमा अर्को सुनुवाइको मिति तोकिन बाँकी छ ।

बुधबार नै सर्वोच्चमा यो फिल्मविरुद्ध नयाँ रिट दायर भएको छ । बसन्ती बादीले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले विपक्षीलाई छलफलमा बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?