+
+
Shares

काठमाडौंमा यसरी मनाइयो बकर इद (तस्वीरहरू)

दरबारमार्गस्थित काश्मिरी, नेपाली जामे मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ जेठ १४ गते ८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभर मनाइँदै छ र यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
  • इदुल फित्रको ७०औँ दिनमा मनाइने यस पर्वमा मुस्लिमहरूले सामूहिक नमाज पढेर एकापसमा शुभकामना आदानप्रदान गर्छन् ।
  • बकर इदका अवसरमा काठमाडौंका जामे र काश्मिरी मस्जिदलगायत देशभरका ईदगाहहरूमा प्रार्थना गर्नेको भीड लागेको छ ।

१४ जेठ, काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।

काठमाडौंका बकर इद मनाइरहेका केही तस्वीरहरू :

   

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?