+
+
Shares

माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजना अन्तिम चरणमा, वेयर गेट सञ्चालन

२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको वेयर गेट तयार भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १९:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको वेयर गेट तयार भई औपचारिक उद्घाटन गरिएको छ ।
  • नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले जलविद्युत क्षेत्रमा नेपाल र कोरियाबीच सहकार्यको ठूलो सम्भावना रहेको बताउनुभयो ।
  • प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भइरहेको नदी बहावमा आधारित यो आयोजना सन् २०२७ को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

१४ जेठ, काठमाडौं । २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको वेयर गेट तयार भएको छ । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले बिहीबार रसुवामा आयोजित कार्यक्रममा वेयर गेटको औपचारिक उद्घाटन गरे ।

दूतावासका अनुसार नवीन प्रविधि समावेश गरिएको उक्त वेयर गेटको सफल सञ्चालनसँगै माथिल्लो त्रिशूली–१ आयोजना निर्माणको अन्तिम चरणतर्फ महत्वपूर्ण प्रगति भएको जनाएको छ।

समारोहलाई सम्बोधन गर्दै राजदूत पार्कले गणतन्त्र कोरियाले विगत ५२ वर्षदेखि नेपालको दिगो आर्थिक विकास र समृद्धिमा निरन्तर सहयोग गर्दै आएको बताए।

उनले नेपालमा निर्माण भइरहेका तीन जलविद्युत आयोजनामा कोरियाली लगानी तथा वित्तीय साझेदारी रहेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा नेपाल–कोरियाबीच सहकार्यको अझै व्यापक सम्भावना रहेको धारणा राखे।

नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिद्वारा निर्माणाधीन यो आयोजना नेपालको जलविद्युत क्षेत्रमा ठूलो प्रत्यक्ष वैदेशिक लगानी भएको परियोजना मानिन्छ।

नदी बहावमा आधारित यो आयोजना सन् २०२७ को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य छ। आयोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटी लगानी संरचनामा निर्माण भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?