+
+
Shares

राष्ट्रपतिलाई अर्थमन्त्रीले गराए बजेटबारे जानकारी

भेटमा अर्थमन्त्री डा.वाग्लेले संसद्मा पेश गरेका आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि उनलाई हस्तान्तरण गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १९:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे शीतल निवासमा जानकारी गराउनुभएको छ ।
  • अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गर्नुभयो ।
  • सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे संसद्को संयुक्त सदनमा प्रस्तुत गर्ने भएको छ ।

१४ जेठ, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् ।

बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् ।

भेटमा अर्थमन्त्री डा.वाग्लेले संसद्मा पेश गरेका आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि उनलाई हस्तान्तरण गरे ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोली (जेठ १५ गते शुक्रबार) अपरान्ह ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछन् ।

बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?