+
+
Shares

‘चाइना शक २.०’ को बढ्दो त्रासका बीच युरोपेली नेताहरू ‘तत्काल कदम चाल्न’ तयार

स्रोतहरूका अनुसार, ब्रसेल्समा अचेल व्यापक रूपमा ‘चाइना शक २.०’ का रूपमा चर्चा भइरहेको ‘डि-इन्डस्ट्रियलाइजेसन’ को भय बढ्दो देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युरोपेली कमिसनका नेताहरू आगामी शुक्रबारको बहसमार्फत चीनप्रतिको आर्थिक दृष्टिकोण थप कडा बनाउने तयारीमा जुटेका छन् ।
  • व्यापार आयुक्त मारोस सेफ्कोभिचले चिनियाँ आपूर्ति शृङ्खलामाथिको निर्भरता घटाउन नयाँ विविधीकरण संयन्त्र प्रस्ताव गर्ने तयारी गरेका छन् ।
  • औद्योगिक मामिला प्रमुख स्टेफेन सेजुर्नीले चिनियाँ कम्पनीका कारण बजारमा परेको असर रोक्न वैदेशिक अनुदान नियन्त्रण नियमावलीको व्यापक प्रयोगमा जोड दिएका छन् ।

१४ जेठ, काठमाडौं । युरोपेली कमिसनका नेताहरू आगामी शुक्रबार हुने एक महत्त्वपूर्ण बहसका क्रममा चीनप्रति ईयू (युरोपेली संघ) को आर्थिक दृष्टिकोणलाई थप कडा बनाउने तयारीमा जुटेका छन् । जसले यसै वर्षको उत्तरार्धमा व्यापारिक तथा औद्योगिक उपायहरूको नयाँ लहरका लागि बाटो खोल्नेछ।

स्रोतहरूका अनुसार, ब्रसेल्समा अचेल व्यापक रूपमा ‘चाइना शक २.०’ का रूपमा चर्चा भइरहेको ‘डि-इन्डस्ट्रियलाइजेसन’ को भय बढ्दो देखिन्छ । र, यसैका बीच अध्यक्ष उर्सुला भोन डेर लेयनसहित २७ आयुक्तहरूमध्ये अधिकांश थप सुदृढ व्यापार तथा औद्योगिक नीतिको पक्षमा उभिएका छन्।

व्यापार आयुक्त मारोस सेफ्कोभिचले नयाँ ‘विविधीकरण संयन्त्र’ (डाइभर्सिफिकेसन इन्स्ट्रुमेन्ट) पेश गर्ने तयारी गरेका छन् । जसले चिनियाँ आपूर्ति शृङ्खला माथिको अत्यधिक निर्भरताको त्रासका बीच केही महत्त्वपूर्ण क्षेत्रका कम्पनीहरूलाई दुई वा सोभन्दा बढी देशहरूमा तीन वा सोभन्दा बढी आपूर्तिकर्ताहरू भएको सुनिश्चित गर्न आग्रह गर्नेछ।

यसैबीच, औद्योगिक मामिला प्रमुख स्टेफेन सेजुर्नीले वैदेशिक अनुदान नियन्त्रण नियमावली (फरेन सब्सिडीज रेगुलेसन – एफएसआर) को व्यापक प्रयोगको वकालत गर्ने तयारी गरेका छन्। यो संयन्त्र हालसम्म व्यक्तिगत कम्पनीहरूविरुद्ध व्यापक रूपमा प्रयोग गरिँदै आएको छ।

तर पनि फ्रान्सेली आयुक्त सेजुर्नीले अनुदान प्राप्त चिनियाँ कम्पनीहरूका कारण बजारमा परेको भनिएको ‘मार्केट डिस्ट्रोसन’ विरुद्ध लड्न यस संयन्त्रलाई अझ बृहत् र क्षेत्र-केन्द्रित (सेक्टर-फोकस्ड) रूपमा प्रयोग गर्ने कुराको समर्थन गरेको बताइएको छ।

ती दुवै अधिकारीहरू सेफगार्ड मेजर्सको अझ व्यापक प्रयोगको समर्थन गर्छन्, जसलाई आयातमा अत्यधिक वृद्धि भएको अवस्थामा ट्यारिफ वा कोटा तोक्न सक्ने आपतकालीन संयन्त्रका रूपमा हेरिन्छ।

रसायन र मेसिनरी क्षेत्रहरूलाई लक्षित गर्दै सेफगार्ड मेजर्सको प्रयोगमार्फत एन्टी-डम्पिङ र एन्टी-सब्सिडी अनुसन्धानमा लाग्ने समयलाई आधा घटाएर करिब ६ महिनामा सीमित गर्न सकिने दृष्टिकोण राखिएको छ।

तिनीहरूको चिन्ताको मुख्य विषय के हो भने चिनियाँ प्रतिस्पर्धीहरूको तीव्र गतिको वृद्धिका कारण केही वर्षभित्रै युरोपको औद्योगिक जग नै ध्वस्त हुन सक्छ। ती चिनियाँ कम्पनीहरूले मूल्य र प्रायः गुणस्तरका मामिलामा स्वयं चीन, युरोप तथा विश्वभरका तेस्रो बजारहरूमा आफ्ना युरोपेली प्रतिस्पर्धीहरूलाई पछि पारिरहेका छन्। (साउथ चाइना मर्निंङ पोस्टबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?