News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाले इरानको सैन्य तेल व्यापारमा संलग्न आठवटा ठूला ट्याङ्कर र १५ भन्दा बढी व्यावसायिक संस्थाहरूमाथि नयाँ प्रतिबन्ध लगाएको छ।
- अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई सैन्य क्षमता र सशस्त्र बल बलियो बनाउन तेलको राजस्व बढाउन नदिने स्पष्ट पारेका छन् ।
- गत २८ फेब्रुअरीदेखि शुरू भएको युद्धका कारण विश्वको २० प्रतिशत तेल र ग्यास ओसारपसार हुने महत्त्वपूर्ण जलमार्ग बन्द भएको छ।
१५ जेठ, काठमाडौं । अमेरिका र इरानबीच युद्धविराम लम्ब्याउने र हर्मुज जलमार्गबाट व्यावसायिक जहाजहरूको आवतजावत खुला गर्ने विषयमा प्रारम्भिक सहमति भइरहेका बेला अमेरिकाले इरानको सैन्य तेल व्यापारमाथि नयाँ प्रतिबन्धहरू लगाएको छ।
अमेरिको ट्रेजरी डिपार्टमेन्टले विश्व बजारमा इरानी कच्चा तेल र पेट्रोलियम पदार्थ ओसारपसारमा संलग्न आठवटा ठूला ट्याङ्करमाथि प्रतिबन्ध लगाएको हो। प्रतिबन्धित जहाजहरूमा मार्सल आइल्याण्ड्सको झण्डा रहेको ‘फ्लोरा’, कोमोरोसको झण्डा रहेको कच्चा तेलवाहक ‘ह्वान्कायो’ र पानामाको झण्डा रहेको ‘इल ग्याप’ रहेका छन्।
अमेरिकी अर्थ मन्त्री स्कट बेसेन्टले एक विज्ञप्ति जारी गर्दै इरान सरकारलाई आफ्नो सैन्य क्षमता र सशस्त्र बललाई पुनः बलियो बनाउने उद्देश्यले तेलको राजस्व बढाउन नदिने स्पष्ट पारेका छन् ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरान विरुद्ध सुरु गरेको यस युद्धका कारण विश्वको २० प्रतिशत तेल र ग्यास ओसारपसार हुने महत्त्वपूर्ण जलमार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय बजार नराम्ररी प्रभावित भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको सम्झौतालाई अझै अन्तिम रूपमा अनुमोदन गर्न बाँकी रहेको छ।
अमेरिकाले जहाजहरूका अतिरिक्त हङकङस्थित ‘वर्थ सिन इनर्जी लिमिटेड’, दुबईको ‘सिम्फनी सिपिङ एन्ड म्यारिटाइम म्यानेजमेन्ट इन्क’ र हङकङकै ‘मेहदियेभ ट्रेडिङ कम्पनी’ सहित १५ भन्दा बढी व्यावसायिक संस्थाहरूमाथि पनि प्रतिबन्ध लगाएको छ।
ट्रेजरी डिपार्टमेन्टका अनुसार, प्रतिबन्धित कतिपय इरानी संस्थाहरूले विदेशबाट पेट्रोलियम पदार्थ प्राप्त गर्न इरानी सेनाको तेल बिक्री संयन्त्र प्रयोग गरिरहेका छन्।
उदाहरणका लागि, वर्थ सिन इनर्जीले इरानी सशस्त्र बलको तेल बिक्री शाखा ‘सेपेहर इनर्जी जहान’ का तर्फबाट राष्ट्रिय इरानी तेल कम्पनीका लागि परिमार्जित पेट्रोलियम पदार्थहरू खरिद गर्ने गरेको अमेरिकी अनुसन्धानले देखाएको छ।
प्रतिक्रिया 4