+
+
Shares

त्रिविमा उद्यमशीलता विकास बुटक्याम्प

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेसन केन्द्र र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको संयुक्त आयोजनामा कीर्तिपुरमा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न भएको छ ।
  • देशका विभिन्न क्षेत्रका करिब ३० जना नवउद्यमी सहभागी भएको सो कार्यक्रममा व्यावहारिक ज्ञान, सीप तथा मेन्टरिङमार्फत उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो ।
  • त्रिभुवन विश्वविद्यालयका निमित्त शिक्षाध्यक्ष प्रा. डा. शंकरप्रसाद खनालले विश्वविद्यालय शिक्षालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आजको आवश्यकता भएको बताए ।

१५ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेसन केन्द्र र औद्योगिक व्यवसाय विकास प्रतिस्ठानको संयुक्त आयोजनामा उद्यमशीलता विकास बुटक्याम्प तथा व्यवसाय इन्क्युबेसन सेवा कार्यक्रमको आयोजना गरिएको छ ।

१२ देखि १४ जेठसम्म त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित इन्क्युबेसन केन्द्रको हलमा कार्यक्रम आयोजना गरिएको हो ।

देशका विभिन्न क्षेत्रबाट आएका करिब ३० जना नवउद्यमी तथा उद्यमशीलतामा रुचि भएका सहभागीहरूको उत्साहजनक सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका निमित्त शिक्षाध्यक्ष प्रा. डा. शंकरप्रसाद खनालले विश्वविद्यालय शिक्षालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आजको आवश्यकता भएको बताए ।

युवाहरूलाई रोजगार खोज्ने मात्र नभई रोजगार सिर्जना गर्ने क्षमतातर्फ उन्मुख गराउन यस्ता कार्यक्रमहरू प्रभावकारी हुने उनको भनाइ छ ।

कार्यक्रममा प्रतिस्ठानका कार्यवाहक निर्देशक मणिराम गौतमले त्रिभुवन विश्वविद्यालयबीच विकसित सहकार्यले उद्यमशीलता प्रवर्द्धन तथा नवउद्यम विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले व्यावहारिक ज्ञान, सीप तथा मेन्टरिङमार्फत युवा उद्यमीहरूलाई सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

केन्द्रका निर्देशक प्रा. डा. ताराप्रसाद भुसालले केन्द्रको स्थापना, उद्देश्य तथा गतिविधिबारे जानकारी गराउँदै विश्वविद्यालयमा नवप्रवर्तन, अनुसन्धान र उद्यमशीलताको संस्कार विकास गर्नु केन्द्रको प्रमुख लक्ष्य रहेको बताए ।

उनले कार्यक्रमले सहभागीहरूलाई आफ्नो व्यावसायिक अवधारणालाई व्यवहारिक व्यवसाय योजनामा रूपान्तरण गर्न सहयोग पुर्‍याएको उल्लेख गरे ।

त्यसैगरी, उपनिर्देशक डा. प्रमोद पौडेलले उद्यमशीलता विकासका लागि आवश्यक ज्ञान, सिप र नेटवर्किङका अवसर प्रदान गर्न कार्यक्रम केन्द्रित रहेको बताए ।

सहभागीहरूले व्यवसाय योजना निर्माण, बजार विश्लेषण, वित्तीय व्यवस्थापन, व्यवसाय मोडल विकास तथा प्रस्तुतीकरण सिपसम्बन्धी व्यावहारिक प्रशिक्षण प्राप्त गरेको जानकारी दिए ।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा विभिन्न क्षेत्रका १२ जना अनुभवी प्रशिक्षक, विशेषज्ञ तथा मेन्टरहरूले उद्यमशीलताका विविध पक्षमा प्रशिक्षण तथा मार्गदर्शन प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?