+
+
Shares

ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन् ।
  • मन्त्री चौधरीले कृषकलाई सम्मान र सहुलियत दिँदै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत उत्पादन बढाउन सरकार प्रतिबद्ध रहेको बताइन् ।
  • मल, बिउ र सिँचाइमा सहुलियत दिइरहेको उल्लेख गर्दै उनले कृषकका समस्या समाधान गर्न मन्त्रालय गम्भीर र सचेत रहेको स्पष्ट पारिन् ।

१५ जेठ, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन् ।

शुक्रबार शितलनिवासमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कृषक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषकलाई सम्मान र सहुलियत प्रदान गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई अगाडि बढाइन सरकार प्रतिबद्ध रहेको बताएकी हुन् ।

मन्त्री चौधरीले सीमित साधन र स्रोतका बाबजुद सरकारले मल, बिउ, सिँचाइ, प्राविधिक सेवा, पशुपन्छीलाई खोप, कृषि पूर्वाधार, कृषि यान्त्रीकरण तथा बाली र पशुधन बीमाजस्ता क्षेत्रमा सहुलियत उपलब्ध गराउँदै आएको समेत बताइन् ।

यद्यपि कृषकहरूले अझै पनि विभिन्न चुनौती झेल्नुपरेको विषयमा मन्त्रालय गम्भीर र सचेत रहेको उनले बताइन् ।

उनले कृषि क्षेत्रलाई केवल जीविकोपार्जनको माध्यमका रूपमा मात्र नभई सम्मानित, व्यावसायिक र आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?