+
+
Shares

अनौपचारिक श्रमिकको सीपलाई औपचारिक सीपको मान्यता दिइने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले अनौपचारिक क्षेत्रका श्रमिकको सीपलाई औपचारिक मान्यता दिने घोषणा गरेको छ ।
  • अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राष्ट्रिय योग्यता ढाँचा लागू गरी प्रवासी एवं अनौपचारिक श्रमिकको सीपलाई औपचारिक मान्यता दिइने बताए ।
  • उद्योग तथा श्रम बजारको मागका आधारमा पारिश्रमिकसहितको इन्टर्नसिप प्रणालीलाई संस्थागत गरिने भएको छ ।

१५ जेठ, काठमाडौं । सरकारले अनौपचारिक क्षेत्रका श्रमिकको सिपलाई औपचारिक सिपको मान्यता दिने घोषणा गरेको छ ।

अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष आबद्ध मागमा आधारित सिप प्रणाली विस्तार गरिने बताए ।

राष्ट्रिय योग्यता ढाँचा तथा पूर्व सिकाई मान्यता लागू गरी प्रवासी, अनौपचारिक तथा अनुभव श्रमिकको सिपलाई औपचारिक मान्यता दिने मन्त्री वाग्लेले बताए ।

पारिश्रमिकसहितको इन्टर्नसिप प्रणालीलाई संस्थागत गरिने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?