+
+
Shares

सरकारका प्रवक्ताले भने– सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारका प्रवक्ता सस्मित पोखरेलले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री बालेन शाहको कुनै सम्बन्ध नरहेको बताएका छन् ।
  • उनले प्रधानमन्त्री शाह अहिले भारत मात्रै नभई अन्य कुनै पनि देशको भ्रमणको तयारीमा नरहेको प्रष्ट पारे ।
  • सरकारको पहिलो प्राथमिकता सुरुका १०० दिनमा गरिने काममै रहेकाले अहिले भ्रमण प्राथमिकतामा नरहेको जिकिर उनले गरे ।

११ जेठ, काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री बालेन शाहको कुनै सम्बन्ध नरहेको बताएका छन् ।

सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘सभापतिज्यू आफ्नै ढंगले जाँदै हुुनुहन्छ । प्रधानमन्त्रीज्यूको त्यससँग केही सम्बन्ध छैन,’ उनले भने ।

उनले प्रधानमन्त्री शाह अहिले भारत मात्रै नभइ अन्य कुनै पनि देशको भ्रमणको तयारीमा नरहेको प्रष्ट पारे ।

सरकारको पहिलो प्राथमिकता सुरुका सय दिनमा गरिने काममै रहेकाले अहिले भ्रमणमा प्राथमिकता नरहेको जिकिर उनले गरे ।

‘प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ, उहाँ भारतमात्रै नजानुभएको होइन,’ पोखरेलले भने, ‘अहिले विदेश कहिँ पनि जानुभएको छैन । अहिले पहिलो सय दिनको कार्यव्यस्तता धेरै छ । सुरुमा काममा बढी फोकस पनि छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?