+
+
Shares

स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्ने घोषणा

सरकारले स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्ने भएको छ ।
  • स्वास्थ्य संस्थाहरूको रियल टाइम अनुगमनका लागि सरकारले एक नागरिक एक डिजिटल प्रोफाइल प्रणाली कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गरिने बताए ।

१५ जेठ, काठमाडौं । सरकारले स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामुदायिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञचालन गर्ने बताए ।

सबै स्वास्थ्य संस्थाहरूमा रियल टाइम अनुगमनका लागि एक नागरिक एक डिजिटल प्रोफाइल प्रणाली कार्यन्वयनमा ल्याउने जनाएको छ । यद्यपि यो कार्यक्रम यसभन्दा अगाडिका बजेटमा पनि समेट्दै आएको छ । तर कार्यावन्यन भने हुन सकेको छैन ।

त्यसैगरी राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गरिने अर्थमन्त्री वाग्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?