+
+
Shares

पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड स्तरोन्नति यही वर्ष हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १८:४०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कमला–कञ्चनपुर र नारायणगढ–बुटवल सडक खण्ड एक वर्षभित्र स्तरोन्नति गर्ने घोषणा गरेको छ ।
  • एसियाली विकास बैंक र नेपाल सरकारको करिब १७ अर्ब रुपैयाँ लागतमा यो सडक स्तरोन्नति गर्न लागिएको हो ।
  • विसं २०७९ साउनमै सम्पन्न हुनुपर्ने नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण नसकिँदा यात्रुले सास्ती पाइरहेका छन् ।

१५ जेठ, काठमाडौं । सरकारले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्ड यही वर्ष स्तरोन्नति गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा सरकारले कमला–कञ्चनपुर र नारायणगढ–बुटवल सडक खण्ड एकवर्षभित्र स्तरोन्नति गर्ने दाबी गरेको हो ।

पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक योजनाले २०७९ साल साउनमै सम्पन्न गर्ने गरी २०७५ मा सम्झौता गरेको थियो । करिब ११४ किलोमिटर सडकको कालोपत्र भत्काएर समयमै सम्पन्न नहुँदा यात्रुले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् ।

एसियाली विकास बैंकको ८५ प्रतिशत र बाँकी नेपाल सरकारको गरेर करिब १७ अर्ब रुपैयाँ लागत सडक स्तरोन्नति गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?