१६ जेठ, सप्तरी । दुईवटा भैंसी चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका ५ जाँजरका १९ बर्षीय शिव कुमार सदा रहेका छन् ।
मंगलबार डाक्नेश्वरी नगरपालिका-५ पातो सुन्दरपुर टोलका मदनेश्वर सदाको गोठबाट दुईवटा अन्दाजी रातिको १२ बजेतिर भैंसी चोरी भएको थियो ।
गोठबाट भैंसी चोरी भएको भन्ने मौखिक जानकारी प्रहरी कार्यालयमा आउने वित्तिकै प्रहरी टोली खटि गई खोजतास गर्ने क्रममा भैंसीसहित सदालाई बोदेबरसाईन नगरपालिका-१० खडकपुर टोलस्थित हुलाकी सहायक खण्ड भित्री सडक खण्डमा भैंसीसहित पैदल हिँडिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
उनीमाथि चोरी कसूर मुद्दामा सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता भैंसी चोरीको आरोपमा पक्राउ परेका शिव कुमार सदालाई खडकपुर गाउँका स्थानीयहरूले नियन्त्रणमा लिएर सोधीखोजीगर्दा आफूलाई पाँच सय ज्यला दिएर जाँजरकै मोहम्द जमिलले भैंसी चोरी गरेर दिइएको आरोप लगाए । उनले प्रहरीलाई देख्नसाथ जमिलले भागन निर्देशन दिइएको समेत स्थानीयलाई बताए ।
प्रतिक्रिया 4