+
+
Shares

कांग्रेस सबैभन्दा बढी समावेशी दल हो : सहमहामन्त्री जबरा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर जबराले नेपाली कांग्रेस अन्य राजनीतिक दलको तुलनामा सबैभन्दा बढी समावेशी रहेको दाबी गरे ।
  • नेपाल थारु संघको प्रथम महाधिवेशनमा उनले पार्टीको नीति र संरचनाले थारु समुदायलाई उच्च प्राथमिकता दिएको बताए ।
  • सहमहामन्त्री जबराले कांग्रेसले थारु समुदायका नेताहरूलाई नेतृत्वको मुख्य तह र राजकीय पदमा स्थापित गरेको दाबी गरे ।

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर जबराले नेपाली कांग्रेस अन्य राजनीतिक दलको तुलनामा सबैभन्दा बढी समावेशी रहेको दाबी गरेका छन् ।

नेपाल थारु संघको प्रथम महाधिवेशनलाई शनिवार सम्बोधन गर्दै उनले पार्टीको नीति र संरचनाले थारु समुदायलाई उच्च प्राथमिकता दिएको बताए ।

नेपाल थारु संघलाई कांग्रेसको सबैभन्दा कान्छो भ्रातृ संगठनको रूपमा चिनाउँदै सहमहामन्त्री जबराले छोटो अवधिमै सबै जिल्ला अधिवेशनहरू सफलतापूर्वक सम्पन्न हुनु गौरवको विषय भएको उल्लेख गरे ।

२०७९ साल माघ ४ गते अध्यक्षको मनोनयन भएपश्चात विभिन्न प्रतिकूलताका बाबजुद संघले सांगठनिक स्वरुप ग्रहण गरेको र अहिले ऐतिहासिक महाधिवेशनको चरणमा आइपुगेको उनले जानकारी दिए ।

जबराले अन्य राष्ट्रिय दलहरूको तुलनामा काँग्रेसले थारु समुदायका नेताहरूलाई नेतृत्वको मुख्य तहमा स्थापित गरेको दाबी गरे ।

‘बहुदलीय व्यवस्था आउनुअघि नै कांग्रेसले पर्शुनारायण चौधरीलाई महामन्त्री बनाएको थियो । पार्टीको केन्द्रिय उपाध्यक्षमा विजयकुमार गच्छदार, सहमहामन्त्रीमा उमाकान्त चौधरी र हाल योगेन्द्र चौधरी हुनुहुन्छ । यो समावेशिता एमाले, माओवादी वा रास्वपा जस्ता अन्य दलहरूमा देखिँदैन,’ उनले भने ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा थारु समुदायकै डिल्ली चौधरीलाई नियुक्त गरेर काँग्रेसले समावेशिताको ज्वलन्त उदाहरण पेश गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?