News Summary
Generated by OK AI. Editorially reviewed.- फ्रान्समा पीएसजीले च्याम्पियन्स लिग जितेपछि भएको उत्सवमा समर्थक र प्रहरीबीच झडप हुँदा चार सयभन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।
- पेरिसमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सवारी साधन र व्यावसायिक प्रतिष्ठानहरूमा तोडफोड गरी क्षति पुर्याएका छन् ।
- विजेता खेलाडीहरू आइतबार आयोजना हुने विजय र्याली र राष्ट्रपति इम्यानुयल म्याक्रोनले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुनेछन् ।
१७ जेठ, काठमाडौं । फ्रान्समा फुटबल क्लब पीएसीजीले यूईएफए च्याम्पियन्स लिगको फाइनलमा आर्सनललाई हराएपछि उत्सवका मनाउने क्रममा देशभर फुटबल समर्थक र प्रहरीबीच झडप हुँदा ४०० भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन्।
राजधानी पेरिसमा बस, रेल तथा अन्य यातायात सेवामा अवरोध पुर्याउने अशान्ति नियन्त्रण गर्न हजारौं प्रहरी परिचालन गरिएको थियो।
उत्सवका क्रममा आतिशबाजी र फ्लेयर प्रज्वलन गरियो भने केही प्रहरी अधिकारी घाइते भए। शहरको केन्द्रभागमा भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
यो पीएसजी को लगातार अर्को सफलता भए पनि, फुटबलसँग सम्बन्धित हिंसा लगातार दोस्रो वर्ष दोहोरिएको हो। सन् २०२५ मा फ्रान्सेली टोलीको जितपछि भएको उत्सव पनि घातक हिंसामा परिणत भएको थियो।
पेरिबाट सार्वजनिक भएका भिडियोहरूमा सडकमा फ्लेयर बालिएको, विद्युतीय मोटरसाइकलहरू जलिरहेको तथा कम्तीमा एउटा पसलको सिसा फुटाइएको देखिन्छ।
फ्रान्सेली टोलीले पेनाल्टी सुटआउटमा जित हात पारेपछि प्रसिद्ध च्याम्प इल्सेस क्षेत्रमा समर्थकहरूको ठूलो भीड जम्मा भएको थियो। समर्थकहरू पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा ठूला पर्दामार्फत फाइनल हेर्न पुगेका बेला पनि प्रहरीसँग झडप भएको थियो।
प्रहरीका अनुसार अशान्तिका क्रममा ६ वटा सवारी साधन, २ वटा व्यवसायिक प्रतिष्ठान तथा एउटा बस स्टपमा क्षति पुगेको छ।
फ्रान्सको गृह मन्त्रालयले आइतबार बिहानसम्म ४१६ जनालाई पक्राउ गरिएको जनाएको छ, जसमध्ये २८० जना पेरिसका हुन्।
पीएसजीकाखेलाडीहरू आइतबार दिउँसो विजय र्यालीमा सहभागी हुने कार्यक्रम छ। उनीहरूले आइफल टावर नजिकको क्षेत्रमा परिक्रमा गर्ने तथा फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनद्वारा आयोजित स्वागत कार्यक्रममा सहभागी हुनेछन्।
प्रतिक्रिया 4