News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक छलफलबाट समाधान गरिने बताएका छन् ।
- उनले नेपालले पनि भारतको जग्गा मिचेको आफूले पाएको दाबी प्रतिनिधिसभामा गरे ।
- प्रधानमन्त्री शाहले, \"म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ\" भनी बताए ।
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा उनले यो विषय समाधानका लागि कोसिस भइरहेको बताए । उनले नेपाले पनि भारतको जग्गा मिचेको आफूले पाएको दाबी गरे ।
‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ,’ प्रधानमन्त्री शाहले भने, ‘यो विषयमा दुईपक्ष बसेर हेर्नुपर्नेछ ।’
उनले लिपुलेक, लिम्पियाधुरा मिचेको विषयमा नेपालले पठाएको पत्रमा भारत सरकारले जवाफ पनि दिएको उनले जानकारी दिए । ‘भूमि सम्बन्धी टेबल टक गर्ने कुरा भएको छ’ उनले भने,’ यो बारेमा इंग्ल्याण्ड सरकारसँग पनि कुरा गरेका छौं । यसबारेमा टेबल टक गर्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4