News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको ध्यान मुलुकमा पैसा बढाउनेतर्फ केन्द्रित रहेको बताएका छन् ।
- शाहले देशमा उत्पादित सामग्री विभिन्न राष्ट्रमा निर्यात गर्नका लागि दुई वर्षको रणनीति लिएको दाबी गरे ।
- उनले, “अहिले देशमा आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको छ, पैसा बढाउनेतिर ध्यान गएको छ,” भनी उल्लेख गरे ।
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको ध्यान पैसा बढाउनेतिर रहेको जानकारी गराएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले देशमा उत्पादन भएका चिज विभिन्न राष्ट्रमा निर्यात गर्न पाउनेगरी लागेको जिकिर गरे ।
‘हामीले निर्यात गर्ने विषयवस्तुहरूमा लाग्ने करहरू अहिले छुट पाइन्छ । हामी निर्यातमुखी हुनुपर्छ,’ उनले भने, ‘देशमा उत्पादन भएका चिज विभिन्न राष्ट्रमा निर्यात गर्न पाउँ भन्ने हिसाबले दुई वर्षका लागि टारेका हौं ।’
अहिले देशमा आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको उनले बताए ।
‘अहिले देशमा आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको छ, पैसा बढाउनेतिर ध्यान गएको छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4