News Summary
Generated by OK AI. Editorially reviewed.- सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित हुने विषयमा संवाद भइरहेको जानकारी प्रतिनिधिसभा बैठकमा गराउनुभएको छ ।
- प्रधानमन्त्रीको संसद्मा उपस्थितिको माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् ।
- सभामुख अर्यालले प्रधानमन्त्री छिट्टै उपस्थित भएर सांसदहरूका जिज्ञासा सम्बोधन गर्ने र त्यसको मिति चाँडै तय हुने विश्वास व्यक्त गर्नुभयो ।
१२ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद्मा आउनेबारे संवाद भइरहेको जानकारी गराएका छन् ।
साथै, चाँडै मिति तय हुने सूचना पनि आफूले पाएको उनले मंगलबार प्रतिनिधिसभा बैठकमा जानकारी गराए ।
प्रधानमन्त्रीको उपस्थितिको विषयमा पटक पटक विपक्षी दलका नेताहरूसँग संवादहरू भएको र सत्तापक्षका नेताहरूसँग पनि संवाद भइराखेको उनले बताए ।
आज पनि प्रधानमन्त्रीको संसद्मा उपस्थिति हुनुपर्ने भन्दै विपक्षीहरूले अवरोध गरेका छन् ।
सो क्रममा सभामुख अर्यालले विपक्षीलाई आश्वस्त पार्दै भने, ‘प्रधानमन्त्रीसँग मेरो संवाद भइरहेको छ । प्रधानमन्त्री आउने तयारी गरिरहनुभएको छ । सदनमा भरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ । सरकार जानकार छ । यसकारणले आज पनि यहाँहरुले राख्नु भएको विष्पायमा मेरो ध्यानाकर्षण भएको छ । कार्यसूचीलाइ अगाडि बढाऔं ।’
फेरि पनि विपक्षी दलहरूले प्रधनमन्त्रीको उपस्थिति खोजे ।
विपक्षीहरूको विरोधपछि सभामुखले भनेका छन्, ‘मलाई विश्वास छ । सत्तापक्षका मुख्य सचेततकले दिएको जानकारी अनुसार प्रधनमन्त्रीले छिट्टै उपस्थित भएर यहाँहरुको जिज्ञासा सम्बोधन गर्नुहुनेछ । छिट्टै मिति पनि तय हुनेछ ।’
प्रतिक्रिया 4