+
+
Shares

प्रधानमन्त्रीलाई मौलापुरकी मेयरले भनिन्– संघ सरकारको हस्तक्षेप बन्द गरियोस्

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १५:२३

१४ जेठ, काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले संघीय सरकारबाट हस्तक्षेप भएको बताएकी छन् । प्रेस वक्तव्य जारी गर्दै उनले प्रमुख प्रशासकीय अधिकृतको भूमिकालाई लिएर संघीय सरकारलाई चेतावनी दिएकी हुन् ।

‘छोरीसँग मेयर कार्यक्रम’, ‘फ्री बिजुली, फ्री पानी’ लगायतका कार्यक्रम नगरपालिकाको गौरवको कार्यक्रम रहेको उल्लेख गरेकी छन् ।

बजेट कार्यान्वयनको महत्वपूर्ण समयमा नगरपालिकालाई गत्यारोध गर्ने प्रयास भएको भनेर प्रेस वक्तव्य जारी गर्दै उनले स्थानीय तहलाई संविधान र कानुनअनुसार सञ्चालन हुन दिन संघीय सरकारलाई भनेकी छन् ।

‘सरकारले आफूखुशी कर्मचारी खटाउने, ती कर्मचारीहरूले निर्वाचित जनप्रतिनिधिको निर्देशन अवज्ञा गर्ने, नगरसभाबाट पारित कार्यक्रमहरूको भुक्तानीसमेत माथिको आदेश भन्दै रोक्ने, सशर्त बजेट कार्यान्वयनमा अनावश्यक अवरोध सिर्जना गर्ने तथा योजना कार्यान्वयनमा ढिलासुस्ती गर्नेजस्ता गतिविधिले स्थानीय स्वायत्ततामाथि प्रश्न उठाएको छ,’ वक्तव्यमा उल्लेख छ ।

यस्ता गतिविधि रोकिनुपर्ने भन्दै उनले अगाडि लेखेकी छन्, ‘के मौलापुर नगरपालिका बन्द गर्नुपर्ने हो ? होइन भन्ने मौलापुर नगरपालिकामा भइरहेको गैरकानुनी हस्तक्षेप तत्काल बन्द गर्नुस । अन्यथा नगरपालिकामा ताल्चा लगाउन हामी बाध्य हुनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?