News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ ।
- कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विधेयकमा विदेशमा रहेका नागरिकलाई समेत मताधिकारको व्यवस्था गरिएको बताइन् ।
- पारित विधेयकमा मतदाताले कसैलाई पनि मत दिन्नँ भन्न पाउने ‘नो भोट’ को व्यवस्था समेत गरिएको छ ।
१७ जेठ, काठमाडौं । मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित भएको छ ।
सभाको आइतबार बसेको बैठकले प्रतिनिधि सभाबाट आएको सन्देशसहित मतदाता नामावली (पहिलो संशोधन) विधेयकलाई बहुमतले पारित गरेको हो ।
विधेयकमाथिको दफावार छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय, संसदीय मामिलामन्त्री सोबिता गौतमले मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका विधेयक ल्याइएको बताइन् ।
उक्त विधेयकमा विदेशमा रहेका नागरिकलाई समेत मताधिकार दिने व्यवस्था गरिएको मन्त्री गौतमले बताइन् ।
साथै उक्त विधेयकमा दिन्नँ ‘नो भोट’को व्यवस्था गरिएको समेत मन्त्री गौतमको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4