+
+

महिला सेक्स हर्मोनले पुरुषमा बढ्दैछ मोटोपन र बाँझोपन

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २६ गते १९:२४

sperm lessपुरुषहरुमा मोटोपना महामारीको रुपमा फैलिनुमा महिला सेक्स हर्मोन एउटा मुख्य कारक तत्व रहेको वैज्ञानिकहरुले दाबी गरेका छन् ।
साथै वैज्ञानिकले खासगरी पश्चिमा पुरुषहरुमा पुरुषत्व अर्थात् शुक्रकिटको संख्यामा गिरावट आउनुको दोषी पनि फिमेल सेक्स हर्मोन वेस्ट्रोजेन रहेको दाबी गरेका छन् ।

विकशित देशहरुमा महिला सेक्स हर्मोनजन्य सामाग्रीहरुको सम्पर्कमा बढि आउनाले पुरुषहरु समेत महिलाजस्तो बन्दै गएका वैज्ञानिकको निष्कर्ष छ ।
विभिन्न खाले प्लास्टिकजन्य सामाग्री तथा सोयाविनयुक्त खाद्यपदार्थहरुमा पाइने रसायन महिला सेक्स हर्मोनजस्तै हुने र त्यसले पुरुषहरुको पुरुषत्व तथा स्वास्थ्यमा असर पूराउने वैज्ञानिकको भनाइ छ ।

महिलाहरुमा महिनावारी पूर्व उत्सर्जन हुने यो हर्मोनले तौलमा वृद्धि गराउनुका साथै थाइरोइड ग्रन्थीको कामलाई निरुत्साहित गर्ने तथा मस्तिष्कको केही भागलाई समेत असर गर्ने गर्छ ।

अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयका शोधकर्ता जेम्स ग्रान्थमले अनुसन्धानका क्रममा विश्वका विभिन्न देशका महिला तथा पुरुषको मोटोपनाको दरको तुलनात्मक अध्ययन गर्नुका साथै मोटोपनाको कारक तत्व पहिल्याउनका लागि कुल गाह्रस्थ उत्पादनको समेत मापन गरेका थिए ।

अध्ययनका क्रममा विकाशोन्मुख देशहरुको तुलनामा विकशित देशहरुमा पुरुषहरुमा मोटोपनाको दर उच्च रहेको पाइयो र विकशित देशहरुमा महिला र पुरुषहरुमा समान स्तरमा मोटोपना रहेको पाइयो ।

कतिपय पश्चिमा देशहरुमा त पुरुषहरुमा महिलामा भन्दा बढ्दा मोटोपन पाइएको छ । शोधकर्ताका अनुसार वेस्ट्रोजेन हर्मोनसँगको सम्पर्कका कारण पुरुषहरुमा मोटोपन बढेको छ । यसो हुनुको खास कारण भनेको थाइरोइड ग्रन्थीको काममा नकारात्मक असर पुग्नु हो । थाइरोइडकेा काममा कमी आउँदा सरीरको उपापचयन धिमा हुन्छ र तौल बढ्न थाल्छ ।

सोयाविनजन्य पदार्थ तथा प्लास्टिकका पाइप समेतमा पाइने जेनेस्ट्रोजेन यौगिकले महिला सेक्स हर्मोनले जस्तै असर पूराउने वैज्ञानिक बताउँछन् । त्यसरी सोयाजन्य पदार्थको बढि प्रयोग गर्ने अमेरिका लगायतका मुलुकका पुरुषहरुमा मोटोपना महिलामा जत्तिकै उच्च देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?