२९ असोज, काठमाडौं । वेस्टर्न युनियनले ग्राहकहरुका लागि ल्याएको साप्ताहिक पैसा दोब्बर योजनाको सत्रौं विजेता प्रतिमा गुरुङ बनेकी छिन् । काठमाडौंको बसुन्धारा निवासी उनले वेस्टर्न युनियनबाट ५० हजार रुपैयाँ हात पारेकी छिन् ।
गुरुङले वेस्टर्न यूनियनको सब एजेन्टबाट यसै हप्ता रेमिटेन्स प्राप्त गरेकी थिइन् । यस हप्ता वेस्टर्न यूनियनमार्फत रकम प्राप्त गर्ने ग्राहकहरुबीच गरिएको लक्की ड्रबाट उनी विजेता चयन भएकी हुन् ।
यस योजनाअन्तर्गत हरेक हप्ता वेस्टर्न युनियनले एमटीसीएन कोडबाट लक्की ड्र गरेर ग्राहकहरुलाई आफुले पाएको रकम बराबरकै रकम दोब्बर गर्ने अवसर दिन्छ । जसमा कम्पनीले ग्राहकहरुलाई अधिकतम ५० हजार रुपैयाँ वा आफुले पाएको रकममध्ये जुन कम हुन्छ उपहारमा त्यहि प्रदान गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4