+
+
Shares

डोकोमा घाँस बोकेर पाटन, वसन्तपुर किन डुल्दैछिन् सिम्रन ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री सिम्रन खड्काले आफ्नो आगामी फिल्म 'गौंथली' को प्रचारका लागि काठमाडौं र ललितपुरका सडकमा डोकोमा घाँस बोकेरै हिँडेकी छिन् ।
  • फिल्मको चरित्रमा सजिएर सार्वजनिक स्थलमा निस्किएकी अभिनेत्री खड्काले दुई हजारभन्दा धेरै दर्शकलाई सिनेमा हेर्नका लागि प्रत्यक्ष आग्रह गरिन् ।
  • कपिल रिजाल निर्देशित यस फिल्ममा दर्शकको प्रतिक्रिया उत्साहजनक रहेको र सिनेमा साउन १ गतेदेखि प्रदर्शनमा आउने जानकारी उनले दिइन् ।

काठमाडौं । काठमाडौैंको व्यस्त सडक, हजारौँको भीड । त्यही भीडमा एक युवती डोकोमा घाँस बोकेर हिँडिरहेकी छिन् । उनीसँग सेल्फी खिच्नेको भीड पनि छ ।

उनी हुन् अभिनेत्री सिम्रन खड्का । डोकोमा घाँस बोकेर सहर डुलिरहेकी सिम्रनको यो शैली धेरैलाई अस्वभाविक लाग्ला तर, उनका लागि यो फिल्म प्रवर्धनको काइदा हो ।

डोको बोकेरै उनी शनिबार काठमाडौं र ललितपुरका सडकमा हिँडेको देखिइन् । निर्माताले शीर्ष अभिनेत्रीलाई फिल्मको चरित्रमै यसरी हिँडाएको हो ।

ठ्याक्कै क्यारेक्टरमा सजिएकी उनले वसन्तपुर र पाटनमा दुई हजारभन्दा धेरैलाई प्रदर्शन तयारीमा रहेको फिल्म ‘गौंथली’ हेर्न आग्रह गरिन् ।

‘हामीले नयाँ तरिकाबाट दर्शकमाझ पुगेर सिनेमा हेर्न आग्रह गर्‍यौं । धेरैले हाम्रा अन्तर्वार्त र ट्रेलर हेरेर सिनेमा हेर्ने निर्णय गरिसकेको बताउनुभयो’ सिम्रनले भनिन् ।

प्रत्यक्ष भेटेर दर्शकलाई फिल्म हेर्न आग्रह गर्दा रमाइलो लागेको उनले बताइन् । दर्शकले हामी फिल्म हेर्न जान्छौँ भन्दा आत्मविश्वास बढेको उनले बताइन् ।

कपिल रिजाल निर्देशित फिल्म १ साउनदेखि प्रदर्शन तयारीमा छ । फिल्मको निर्मातामा सुमन गिरी र निर्देशक समेत रहेका कपिल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताको रूपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?