+
+
Shares

कञ्चनपुरमा बाघको आक्रमणबाट एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते ८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ मा आइतबार साँझ बाघको आक्रमणबाट धनादेवी उपाध्याय घाइते भएकी छन् ।
  • शुक्लाफाँटा जंगलमा घाँस काट्न गएका बेला बाघले आक्रमण गरेपछि स्थानीयले घाइते उपाध्यायको उद्धार गरेका हुन् ।
  • घाइते उपाध्यायको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२९ असार, धनगढी । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । प्रहरीकाअनुसार बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन् ।

उपाध्याय आइतबार साँझ शुक्लाफाँटा जंगलमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परेको प्रहरीले जनाएको छ । उनको उद्धार गरेर उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल पुर्‍याइएको छ ।

उपाध्यायको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?