+
+
Shares

बाढी जोखिमका कारण बीपी राजमार्गमा सवारी साधन ‘होल्ड’

कपिल कोइराला कपिल कोइराला
२०८३ असार २९ गते १३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोशी खोलाको जलाधार क्षेत्रमा भारी वर्षा भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी आवागमन अर्को सूचना नभएसम्मका लागि अस्थायी रूपमा बन्द गरिएको छ।
  • जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख रविन कार्कीले सडकमार्ग सुरक्षित रहेको पुष्टि नभएसम्मका लागि सवारीसाधन होल्ड गरिएको जानकारी दिए।
  • प्रहरीले यात्रुहरूलाई अनावश्यक यात्रा नगर्न र अद्यावधिक जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर १०० वा १०३ मा सम्पर्क गर्न अनुरोध गरेका छन्।

२९ असार, काभ्रेपलाञ्चोक । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन अस्थायी रूपमा होल्ड गरिएको छ।

रोशी खोलाको जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी आवागमन अर्को सूचना नभएसम्मका लागि होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख रविन कार्कीले जानकारी दिए ।

उनका अनुसार सडकमार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना जारी गरी सवारी आवागमन पुनः सञ्चालन गरिएको जानकारी गराइनेछ।

प्रहरीले यात्रु तथा सवारीचालकलाई अनावश्यक यात्रा नगर्न, सतर्क रहन तथा अद्यावधिक जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर १०० र ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?