+
+
Shares

राष्ट्रिय गौरवका आयोजनाको प्राविधिक पक्ष र अनुगमन अत्यन्तै कमजोर : सांसद खरेल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १५:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद जगदीश खरेलले राष्ट्रिय गौरवका आयोजनाहरूको प्राविधिक पक्ष र अनुगमन अत्यन्तै कमजोर रहेको उल्लेख गर्नुभयो ।
  • खरेलले माथिल्लो तामाकोशी आयोजनाको लागत ३६ अर्बबाट ९० अर्ब पुग्दा पनि काम सम्पन्न नभएकोमा गम्भीर आपत्ति जनाउनुभयो ।
  • आयोजनाहरूलाई भर्ती केन्द्र बनाइएको आरोप लगाउँदै उहाँले बुढीगण्डकी आयोजनाको काम तोकिएको समयमा पूरा हुने सरकारी दाबी यथार्थपरक नभएको जिकिर गर्नुभयो ।

२९ असार, काठमाडौं । रास्वपा सांसद जगदीश खरेलले राष्ट्रिय गौरवका आयोजनाहरूको प्राविधिक पक्ष र अनुगमन अत्यन्तै कमजोर रहेको उल्लेख गरेका छन् ।

संघीय संसद्को अर्थ समितिको सोमवार बसेको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उदाहरण दिँदै शुरुवाती लागत ३६ अर्ब रुपैयाँ अनुमान गरिएकोमा हाल ९० अर्ब पुग्दा समेत निर्माण कार्य पूर्ण नभएकोमा उनले आपत्ति जनाए ।

‘अपर तामाकोशी दोलखाको गौरवशाली आयोजनाअन्तर्गत परेको आयोजना अनुगमन गर्दै गर्दाखेरि आज हरेक नागरिकले दोलखामा के भन्छन् भन्ने मलाइ थाहा छ ३६ खर्बको प्रोजेक्ट, आज ९० खर्ब लगानी भइसक्दा पनि प्रोजेक्ट कम्प्लिट छैन । यो कम्प्लिट नहुनुमा कानूनी झमेला त छँदैछ मलाई थाहा छ,’ उनले भने, ‘आज त्यो माथिबाट अर्को पानी ल्याएर हाल्नुपर्ने २२ मेगावाटमा वनबाट चाहिँ त्यो डकुमेन्ट स्वीकृत नगर्दा बापत आज काम ओझेलमा छ । ३६ खर्ब ९० मा पुग्दा अनुगमन कहाँ भएर? आज सबैको प्रश्न त्यहाँ छ । कसैले पनि जवाफ पाएको छैन ।’

आयोजनाको लागत तेब्बर हुँदा पनि ४५६ मेगावाट बिजुली उत्पादन हुन नसकेको र सुक्खायाममा उत्पादन क्षमता ८० मेगावाटमा खुम्चिनुले अनुगमनको प्रभावकारितामाथि प्रश्न उठेको उनको भनाइ छ ।

सांसद खरेलले आयोजनाहरूलाई ‘भर्ती केन्द्र’ बनाइएको आरोप समेत लगाउनु भयो ।

बुढीगण्डकी आयोजनाको १३ वर्षमा १० प्रतिशत मात्र प्रगति भएको सन्दर्भ जोड्दै आगामी ५ वर्षमा बाँकी ९० प्रतिशत काम सम्पन्न गर्ने सरकारी दाबी यथार्थपरक नभएको उनको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?