+
+
Shares

गुल्मी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

सोमबार तम्घासमा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामजी घिमिरेले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गर्दै खोपको ठूलो महत्त्व भएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मी जिल्लालाई पुनः पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्लाका रूपमा औपचारिक घोषणा गरिएको छ ।
  • लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी घिमिरेले तम्घासमा आयोजित कार्यक्रममा खोप कार्यक्रम बालबालिकाको स्वास्थ्य सुरक्षाको मुख्य आधार भएको बताए।
  • जिल्लाका १२ वटै स्थानीय तहले आवश्यक मापदण्ड पूरा गरेपछि गुल्मीलाई पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

२९ असार, गुल्मी । गुल्मीलाई पुन: पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।

सोमबार तम्घासमा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामजी घिमिरेले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गर्दै खोपको ठूलो महत्त्व भएको बताए ।

मन्त्री घिमिरेले खोप कार्यक्रम बालबालिकाको स्वास्थ्य सुरक्षाको आधार भएको उल्लेख गर्दै सबै बालबालिकाले समयमै नियमित खोप पाउने वातावरण निर्माण गर्न स्थानीय तह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा समुदायबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने बताए

स्वास्थ्य कार्यालय गुल्मीकी जनस्वास्थ्य अधिकृत पुष्पा थापाले जिल्लामा खोप कार्यक्रममार्फत हासिल भएका उपलब्धि तथा दिगोपनाका लागि अवलम्बन गरिएका रणनीतिबारे जानकारी दिएकी थिइन् ।

पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्नुअघि जिल्लाका सबै वडा तथा १२ वटै स्थानीय तहले आवश्यक मापदण्ड पूरा गरी घोषणा गरिसकेका छन् ।

गुल्मी जिल्ला २०७१ साल चैत ३० गते नेपालकै सातौँ पूर्ण खोप जिल्ला घोषणा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?