+
+
Shares

ज्ञानेन्द्र शाहीको माग- बालेन पूर्वमेयर पनि हुन्, सम्पत्ति छानबिन होस्

‘हालका प्रधानमन्त्री काठमाडौं महानगरका पूर्वमेयर हुन् । महानगरको मेयरले प्रदेश सरकारका मन्त्री र सांसदहरूको भन्दा कैयौं गुणा बढी बजेट चलाउँछ । त्यसैले पूर्वमेयरहरूको सम्पत्ति पनि छानबिन हुनुपर्छ,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १८:४२

२९ असार, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले वहालवाला प्रधानमन्त्री, मन्त्री र सांसदको पनि सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । सोमबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता शाहीले सरकारले आफ्नो सम्पत्ति छानबिन नगर्ने, अरूको मात्रै गर्नु गलत रहेको बताएका हुन् ।

‘बहालवाला प्रधानमन्त्री, मन्त्री र सांसदहरूमध्ये धेरैको जागिर वा व्यवसाय नगरी  करोडौंदेखि अर्ब बढी सम्पत्ति कहाँबाट आयो ? त्यसको स्रोत के हो ? भन्ने विषयमा आम नागरिकले प्रश्न गरिरहेका छन्,’ शाहीले भने, ‘सम्पत्ति छानबिन गर्ने हो भने सबैको गर्नुपर्छ । जागिर नगरी उहाँहरूको करोडौंको सम्पत्ति कहांबाट आयो ? पहिला आफैबाट सुरु गर्नुपर्छ ।’

रास्वपाका नेताहरू अर्बपति देखिएको बताउँदै उनले त्यसको छानबिन हुनुपर्ने बताए । उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई इंगित गर्दै पूर्वमेयरहरूको सम्पत्ति छानबिन नगर्नुले सरकारको सुशासनको नियतमाथि प्रश्न उठेको बताए ।

‘हालका प्रधानमन्त्री काठमाडौं महानगरका पूर्वमेयर हुन् । महानगरको मेयरले प्रदेश सरकारका मन्त्री र सांसदहरूको भन्दा कैयौं गुणा बढी बजेट चलाउँछ । त्यसैले पूर्वमेयरहरूको सम्पत्ति पनि छानबिन हुनुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?