News Summary
Generated by OK AI. Editorially reviewed.- मुलुकको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेर ३७ खर्ब ५५ अर्ब रुपैयाँ कायम भएको छ।
- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार ११ महिनाको अवधिमा सञ्चिति रकम ४०.३ प्रतिशतले बढेको हो।
- हालको सञ्चितिले १९.१ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले उल्लेख गरेको छ।
२९ असार, काठमाडौं । मुलुकमा विदेशी मुद्रा सञ्चिति रकम ३७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको छ । यो सञ्चिति रकम हालसम्मकै उच्च हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ मसान्तसम्मको वित्तीय विवरणअनुसार यस्तो सञ्चिति रकम ११ महिनामै ४०.३ प्रतिशत बढेको हो । गत वर्षको असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति रकम २६ खर्ब ७७ अर्ब रुपैयाँ बराबर थियो ।
अमेरिकी डलरमा भने सोही अवधिमा यस्तो सञ्चिति रकम २६.५ प्रतिशतले बढेको छ । जेठ मसान्तसम्म अमेरिकी डलरमा करिब २४ अर्ब ६८ करोड डलर बराबर सञ्चिति मुद्रा छ ।
सो सञ्चिति रकममध्ये राष्ट्र बैंकमा ३३ खर्ब ३० अर्ब र बैंक तथा वित्तीय संस्थामा ४ खर्ब २५ अर्ब रुपैयाँ बराबर छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार हालको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको सञ्चितिले २२.५ महिनाको वस्तु आयात र १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने छ ।
प्रतिक्रिया 4