+
+
Shares

बाढी र पहिरोले देशभरि डेढ दर्जन स्थानमा राजमार्ग अवरुद्ध

प्रहरीका अनुसार कान्ति लोकपथ सडकखण्डको बागमती गाँउपालिका–३ भट्टेडाँडास्थित पाङ्दुर र टाकुर्चे भन्ने स्थानमा सडक बन्द छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढी र पहिरोका कारण देशभरका डेढ दर्जनभन्दा बढी स्थानमा राजमार्गहरू अवरुद्ध भएका छन्।
  • कान्ति लोकपथ, बीपी राजमार्ग, मेची राजमार्ग र मध्य पहाडी लोकमार्गलगायतका महत्वपूर्ण सडकखण्डहरू पूर्ण रूपमा बन्द भएका छन्।
  • नेपाल प्रहरीले सार्वजनिक गरेको साँझ ६ बजेसम्मको तथ्याङ्कअनुसार कर्णाली करिडोरसहित विभिन्न प्रदेशका प्रमुख सडकहरूमा यातायात सञ्चालन गर्न रोक लगाइएको छ।

२९ असार, काठमाडौं । बाढी र पहिरोका कारण देशभरि डेढ दर्जनभन्दा बढी स्थानमा राजमार्ग अवरुद्ध भएको छ । साँझ ६ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाल प्रहरीले यसबारे जानकारी गराएको हो ।

प्रहरीका अनुसार कान्ति लोकपथ सडकखण्डको बागमती गाँउपालिका–३ भट्टेडाँडास्थित पाङ्दुर र टाकुर्चे भन्ने स्थानमा सडक बन्द छ । सोही राजमार्गको भालु खोला भन्ने स्थानमा समेत राजमार्ग पहिरोले बन्द भएको छ ।

मध्यपहाडी लोकमार्गको भोजपुर नगरपालिका–५ बोखिममा राजमार्ग एकीतर्फी सुरु भएको छ । मेची राजमार्गको इलाम नगरपालिका–९ राजदुवालीमा समेत यातायात पूर्ण बन्द छ ।

मध्य पहाडी राजमार्गको पाँचथर याङवरक गाउँपालिका–१, २ र ३ मा समेत यातायात पूर्ण बन्द छ । बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेसी खण्डमा समेत यातायात बन्द भएको छ । कान्ति लोकपथको हेटौंडा–ठिंगन–बागमती–ललितपुर खण्ड समेत बन्द रहेको प्रहरीले जनाएको छ ।

हेटांैडा–काठमाडौं खण्डको हेटौंडा–भैँसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौं खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ । कान्तिलोक पथको भीमफेदी–८ भर्‍याङडाँडामा समेत यातायात बन्द छ । फाखेल–कुलेखानी खण्ड समेत बन्द भएको प्रहरीले जनाएको छ । अरनिको राजमार्ग अन्तर्गत कोदारी राजमार्ग एकतर्फी खुला छ ।

गण्डकी प्रदेश अन्तर्गत पोखरा ताङतिङ भित्री सडकमा पहिरोले यातायात बन्द भएको प्रहरीले जनाएको छ । नयाँ पुल घान्द्रुक खण्ड एकर्फी खुला भएको छ । लुम्बिनीमा अर्घाखाँची सालझण्डी–ढोरपाटन सडक खण्डको पाणिनि–२ ढुंङ्ग्रेखोलामा यातायात बन्द छ ।

त्यस्तै मदन भण्डारी राजमार्गको गुल्मी छत्रकोट–३ काउलेमा पहिरोले यातायात बन्द भएको छ । कालिगण्डकी करिडोर अन्तर्गत राक्सेमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कर्णाली करिडोरको हुम्ला, खार्पुनाथ–५ बिसौनी र कालिकोटको शुभकालिका गापामा समेत यातायात अवरुद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?