+
+
Shares

‘एक्सप्रेस वे’ मा हिंडेको सरकारलाई रिमाले सम्झाइन् ट्रक साहित्य

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १२:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद रिमा विश्वकर्माले प्रतिनिधिसभा बैठकमा सरकारलाई ‘हतार गरे भन्न सकिन्नँ, विस्तारै गए अवश्य पुगिन्छ’ भन्ने ट्रक साहित्यको माध्यमबाट सचेत गराएकी छिन्।
  • सांसद विश्वकर्माले सुशासन प्राथमिकतामा राखेको सरकारलाई नागरिकको मानसिक स्वास्थ्यलाई पनि मुख्य एजेन्डाका रूपमा स्थापित गर्न आवश्यक रहेको बताइन्।
  • उनले राजनीतिक दायित्वसँगै सरकारलाई सामाजिक र नैतिक जिम्मेवारीलाई पनि पूर्ण संवेदनशीलताका साथ आत्मसाथ गर्न विशेष आग्रह गरेकी छिन्।

३० असार, काठमाडौं । रास्वपा सांसद रिमा विश्वकर्माले सरकारलाई ‘ट्रक साहित्य’ स्मरण गराएकी छिन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा उनले ट्रक साहित्य स्मरण गराउँदै भनेकी छिन्, ‘हतार गरे भन्न सकिन्नँ, विस्तारै गए अवश्य पुगिन्छ ।’

साथै, उनले सुशासनलाई प्राथमिकतामा राखेको सरकारले नागरिकको मानसिक स्वास्थ्यलाई पनि एजेन्डाका रुपमा स्थापित गर्न जरुरी रहेको बताइन् ।

‘‘एक्सप्रेस वे’मा तीव्र गतिमा अघि बढिरहेको सरकारलाई म एउटा ट्रक साहित्य सम्झाउन चाहन्छु । हतार गरे भन्न सकिन्नँ, विस्तारै गए अवश्य पुगिन्छ,’ उनले भनेकी छिन् ।

साथै, उनले राजनीतिक दायित्वसँगै सामाजिक र नैतिक जिम्मेवारीलाई पनि आत्मसाथ गर्न सरकारलाई आग्रह गरिन् ।

‘सुशासनलाई प्राथमिकतामा राखेको सरकारले अब नागरिकको मानसिक स्वास्थ्यलाई पनि एजेन्डाको रुपमा स्थापित गर्न जरुरी छ । राजनीतिक दायित्वसँगै हामीले सामाजिक र नैतिक जिम्मेवारीलाई पनि संवेदनशीलताका साथ आत्मसाथ गर्न जरुरी छ,’ सांसद विश्वकर्माले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?