+
+
Shares

संसद बैठकमा उठ्यो अभिनेत्री कर्णलाई न्याय दिलाउनुपर्ने माग

अभिनेत्री कर्णले केही दिनअघि आफूलाई छायांकनरत फिल्म ‘चिरञ्जीवि भवः’बाट अपमान गर्दै निकालिएको आरोप सामाजिक सञ्जालबाट लगाएकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस सांसद निनुकुमारी कर्णले अभिनेत्री काजल कर्णमाथि नश्लीय विभेद गर्दै फिल्मबाट निकालिएको घटनाको छानविन गर्न माग गरेकी छन्।
  • सांसद कर्णले यो घटनालाई मधेश र पिछडिएको समुदायमाथिको अपमान भन्दै दोषीमाथि कडा कारबाही हुनुपर्नेमा जोड दिएकी छन्।
  • निर्देशक दीपक आचार्य काकुले अभिनेत्रीका आरोपमा सत्यता नभएको दाबी गर्दै सामाजिक सञ्जालमार्फत खण्डन गरेका छन्।

काठमाडौं । कांग्रेस सांसद निनुकुमारी कर्णले अभिनेत्री काजल कर्णलाई नश्लीय विभेद गर्दै फिल्मबाट निकालिएको भनिएको घटनाको छानविन गर्न माग गरेकी छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कर्णमाथिको अपमान मधेशमाथिको अपमान भएको टिप्पणी गरिन् । उनले यो घटनामा संलग्न भनिएका सबैप्रति छानविनको माग समेत गरिन् ।

‘मधेशी लगायत पिछडिएको समुदायले कहिलेसम्म विभेदको पीडा भोग्ने’ उनले भनिन्, ‘यो अपमानजनक व्यवहारको असहनीय पीडाको कारण आँसुका थोपाहरू आत्मदाहको कारण नबनोस् ।’

अभिनेत्री कर्णले केही दिनअघि आफूलाई छायांकनरत फिल्म ‘चिरञ्जीवि भवः’बाट अपमान गर्दै निकालिएको आरोप सामाजिक सञ्जालबाट लगाएकी थिइन् । आफूलाई मधेशी भनेर विभेद गरिएको र पारिश्रमिकबाट समेत बञ्चित गरिएको दाबी उनको छ ।

अभिनेत्री कर्णसँग फोनमा कुरा भएको जनाउँदै सांसद कर्णले प्रतिनिधिसभा बैठकमा विस्तृत कुरा राखेकी थिइन् । ‘चिरञ्जीवि भवः’को छायांकन सेटमा भएको दुव्र्यवहार खेदजनक छ’ उनले भनेकी थिइन् ।

अभिनेत्री कर्णका आरोपमा कुनै सत्यता नभएको भन्दै निर्देशक दीपक आचार्य काकुले फेसबुकबाटै खण्डन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?