+
+
Shares

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन र उच्च जोखिम भत्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते ६:५१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले उच्च जोखिमपूर्ण विपद् खोज तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीलाई विशेष भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।
  • गोताखोर तथा हिमाली क्षेत्रमा खटिने विशेष तालिमप्राप्त कर्मचारीले आधारभूत तलबको १५ प्रतिशत प्रोत्साहन र दैनिक पाँच सय रुपैयाँ जोखिम भत्ता पाउनेछन्।
  • सशस्त्र प्रहरी प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले यो व्यवस्थाले उद्धारकर्मीको मनोबल अभिवृद्धि हुनुका साथै कार्यसम्पादन थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।

३१ असार, काठमाडौं । सरकारले उच्च जोखिम विपद् खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीलाई विशेष जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को असार ३० गते मंगलबारको बैठकले गोताखोर तथा उच्च हिमाली क्षेत्रमा खोज तथा उद्धारमा खटिने विशेष तालिमप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई मासिक रूपमा आधारभूत तलबको १५ प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने र खटिएको प्रत्येक दिन पाँच सय रुपैयाँका दरले रउच्च जोखिम भत्ता दिने निर्णय गरेको हो।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार यो निर्णय विपद् व्यवस्थापन तथा खोज–उद्धार कार्यमा अग्रपंक्तिमा खटिने जनशक्तिको मनोबल अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । जोखिमपूर्ण परिस्थितिमा काम गर्ने कर्मचारीलाई आर्थिक रूपमा पनि राहत पुग्ने र फिल्डमा अझ प्रभावकारी रूपमा परिचालन हुन थप हौसला मिल्ने विश्वास गरिएको छ।

प्रवक्ता कार्कीले  जोखिम भत्ता विशेष गरी विपद् खोज तथा उद्धार कार्यमा संलग्न गोताखोर र उच्च हिमाली भूभागजस्ता अति जोखिमयुक्त क्षेत्रमा परिचालित विशेष तालिमप्राप्त उद्धारकर्तालाई प्रदान गरिने जानकारी दिए ।

उनका अनुसार यस व्यवस्थाले संवेदनशील तथा जोखिमयुक्त क्षेत्रमा राष्ट्रसेवामा खटिने उद्धारकर्मीलाई थप प्रोत्साहन मिल्नेछ। साथै, खोज तथा उद्धार कार्यको प्रभावकारिता बढ्नुका साथै गोताखोर तथा हिमाली उद्धारजस्ता विशिष्टीकृत क्षेत्रमा आवश्यक तालिम लिन कर्मचारीलाई प्रेरणा मिल्ने र दक्ष जनशक्ति पलायन हुने प्रवृत्ति पनि कम हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?