News Summary
Generated by OK AI. Editorially reviewed.- स्पोटिफाईले प्रिमियम प्रयोगकर्ताका लागि एआई फिचर सार्वजनिक गरेको छ जसले कुराकानीमार्फत गीत वा अडियो छनोट गर्न सघाउँछ।
- यो फिचर अहिले अमेरिका, आयरल्यान्ड र स्विडेनमा बिटा भर्सनका रूपमा १८ वर्षमाथिका प्रयोगकर्ताका लागि अंग्रेजी भाषामा उपलब्ध छ।
- प्रयोगकर्ताले टाइप वा बोलेर गीत खोज्न, सेभ गर्न र कलाकारको जानकारी लिन सक्ने व्यवस्था कम्पनीले गरेको छ।
संगीत स्ट्रिमिङ एप स्पोटिफाईले आफ्नो प्लेटफर्ममा नयाँ एआई फिचर थपेको छ। यो फिचरको मद्दतले प्रिमियम प्रयोगकर्ताहरूले एपसँग कुराकानी गरेर गीत वा अडियो रोज्न सक्छन्।
अहिले यो फिचर अमेरिका, आयरल्यान्ड र स्विडेनमा मात्र उपलब्ध छ। यसलाई एन्ड्रोइड र आईओएस दुवै डिभाइसमा प्रयोग गर्न सकिन्छ। १८ वर्ष वा सोभन्दा माथिका प्रयोगकर्ताले मात्र अंग्रेजी भाषामा यो फिचर चलाउन पाउँछन्। कम्पनीले यसलाई अहिले बिटा भर्सनमा ल्याएको छ।
यो नयाँ फिचर मोबाइल एपको होम र नाउ प्लेइङ स्क्रिनमा उपलब्ध छ। प्रयोगकर्ताले एपमा टाइप गरेर वा बोलेर कुराकानी गर्न सक्छन्। यसले प्रयोगकर्ताको पुरानाे लिसनिङ हिस्ट्रीको बारेमा पनि जानकारी दिन्छ। प्रयोगकर्ताले गीत र एल्बम रिलिज भएको मितिको बारेमा प्रश्न सोध्न सक्छन्। यसबाट आफ्नो मनपर्ने कलाकारको बारेमा थप कुराहरू जान्न सकिन्छ।
यो फिचरले प्रयोगकर्ताको अनुरोध अनुसार नयाँ गीतहरू बजाउन सहयोग गर्छ। प्रयोगकर्ताले कुराकानीकै माध्यमबाट गीतहरू सेभ गर्न र क्युमा राख्न सक्छन्। यसबाट सिधै कलाकारहरूलाई फलो गर्न पनि मिल्छ।
स्पोटिफाईले यो फिचरमा आफ्नै प्रविधि र अन्य एआई मोडलहरू मिश्रण गरेर प्रयोग गरेको छ। यसअघि पनि स्पोटिफाईले एआई डीजे र एआई प्लेइस्ट जस्ता फिचरहरू ल्याइसकेको छ।
प्रतिक्रिया 4