+
+
Shares

सुरुमा एसी खोल्दा र बन्द गर्नुअघि किन चलाउनुपर्छ फ्यान मोड ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गर्मीमा एसी चलाउँदा सुरुमा १० मिनेट फ्यान मोडमा राख्दा कोठाको गुम्सिएको हावा बाहिर निस्कन्छ र कम्प्रेसरमा पर्ने अनावश्यक दबाब कम हुन्छ।

अहिले अफिस तथा घरमा एसीको प्रयोग बढ्दो छ । हामी गर्मीबाट एस भएको कोठामा छिर्नेबित्तिकै कूल मोडमा राखेर तुरुन्तै कोठा चिसो बनाउने ध्याउन्नमा लाग्छौँ ।

तर यो तरिका ठिक नहुने विज्ञहरू बताउँछन् । एसी प्रयोग गर्ने सही तरिका भनेको खोल्ने बित्तिकै सुरुमा ५ देखि १० मिनेट फ्यान मोडमा एसी चलाउनु उपयुक्त हुन्छ ।

यो किनभने फ्यान मोडले कोठाभित्रको गुम्सिएर बसेको पुरानो हावालाई बाहिर निकाल्छ । यसो भएपछि मात्रै कुल मोडमा लाउनु राम्रो हुन्छ ।

पहिले फ्यान मोड किन चलाउने ?

विशेषज्ञहरूका अनुसार, एसी अन गरेपछि तुरुन्तै कम तापक्रममा कूल मोड चलाउँदा कम्प्रेसरमा एकैचोटि धेरै दबाब पर्छ ।

यस्तोमा मेसिनलाई सुरुमै बढी मेहनत गर्नुपर्ने हुन्छ । यदि पहिले केही मिनेट फ्यान मोड चलाएर कोठामा गुम्सिएको हावा बाहिर निकालियो भने, एसीले बिस्तारै काम गर्न समय पाउँछ । यसले कम्प्रेसरमा अचानक लोड पर्दैन र मेसिन राम्रोसँग काम गर्छ ।

ओस र दुर्गन्धबाट मुक्ति

सुरुमै एसीलाई कुल मोडमा राख्दा कोठाभित्र ओसिलोपन जम्मा हुन्छ । यदि एसी बन्द गर्नुअघि फ्यान मोड नचलाएमा यो ओसले पछि कोठामा ढुसी जम्मा हुने र दुर्गन्ध निम्त्याउन सक्छ ।

त्यसैले एसी बन्द गर्नुअघि पनि १० देखि १५ मिनेट फ्यान मोड अनिवार्य चलाउन विशेहरू सल्लाह दिन्छन् ।

यसले भित्रको ओस सुकाउँछ र एसीबाट आउने हावा सफा र ताजा रहन्छ ।

यो तरिका अपनाउँदा एसीमा कम दबाब पर्छ, बिजुली खपत घट्छ र मेसिनको टिकाउ पनि धेरै हुन्छ ।

समयमै सर्भिसआवश्यक

सही तरिकाले एसी चलाउनु मात्र पर्याप्त हुँदैन । यसको नियमित सर्भिस पनि आवश्यक छ ।

यदि फिल्टर र भित्री भागमा धुलो जम्मा भयो भने कूलिङ कम हुन्छ र बिजुली बढी खपत हुन्छ । वर्षमा कम्तीमा एक वा दुई पटक एसीको सर्भिसिङ गराउन विज्ञहरू सल्लाह दिन्छन् ।

आफैँले फिल्टर सफा गर्ने हो भने हरेक २–३ हप्तामा सफा गरिरहनुपर्छ । यसले हावाको प्रवाह राम्रो राख्छ र एसी लामो समयसम्म बिना समस्या चल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?