News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण कार्य बन्द गर्ने निर्णय गरेको छ ।
- साउन १ गतेदेखि समकक्षतासम्बन्धी कुनै पनि आवेदन नलिने केन्द्रले सूचनामार्फत स्पष्ट पारेको छ ।
- अब समकक्षता निर्धारणको काम विश्वविद्यालय अनुदान आयोगबाट हुने व्यवस्था कानुनमा गरिएको छ ।
३२ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण कार्य बन्द गर्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।
केन्द्रले १ साउनदेखि समकक्षताको आवेदन समेत नलिने जनाएको छ ।
पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको उच्च शिक्षाका उपाधि समकक्षता निर्धारणको कार्य १ साउनदेखि विश्वविद्यालय अनुदान आयोगले गर्ने सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ, ‘…केही नेपाल ऐन संशोधन गर्ने ऐन २०८२ को दफा २८ ले विश्वविद्यालय अनुदान आयोग ऐन २०५० को दफा ६ मा संशोधन गरी त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको उच्च शिक्षाका उपाधि समकक्षता निर्धारणको कार्य २०८३ साउन १ गतेदेखि विश्वविद्यालय अनुदान आयोगे गर्ने भन्ने व्यवस्था भएकोले यस केन्द्रले मिति २०८३/०४/०१ देखि समकक्षताको आवेदन नलिने भएको व्यवहोरा सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
प्रतिक्रिया 4