+
+
Shares

मिटरब्याज पीडित सरकारसँग वार्ता गर्न जहाजमार्फत काठमाडौं आउने

गृहमन्त्री सुधन गुरुङको पहलमा उनीहरुलाई बाराको सिमरा विमानस्थलबाट जहाजमा पठाउन लागिएको उनको सचिवालयले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।
  • गृहमन्त्री सुधन गुरुङको पहलमा तराईबाट पैदल आएका पीडितहरूलाई जहाजमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।
  • आन्दोलनरत पक्षले ६ बुँदे सहमतिपत्रको मस्यौदालाई लिखित रूपमा हस्ताक्षर गरी कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने अडान दोहोर्‍याएका छन्।

३२ असार, काठमाडौं । मिटरब्याज पीडित सरकारसँग वार्ता गर्न जहाजमार्फत काठमाडौं आउने भएका छन् ।

तराईबाट पैदल नै हिँड्दै काठमाडौं आएका मिटरब्याज पीडितलाई जहाजमार्फत काठमाडौं पठाउन लागिएको हो ।

गृहमन्त्री सुधन गुरुङको पहलमा उनीहरुलाई बाराको सिमरा विमानस्थलबाट जहाजमा पठाउन लागिएको उनको सचिवालयले बताएको छ ।

पैदल हिंड्दै आएका मिटरब्याज पीडितलाई बारामै रोकेर गृहमन्त्री सुधन गुरुङले चार चरणमा छलफल गरेका थिए । उक्त छलफल निष्कर्षविहीन भएपछि जहाजमार्फत काठमाडौं ल्याएर थप छलफल गर्न लागिएको हो ।

सरकारले मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले वार्ता टोली बनाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

यसअघि आजै सरकारसँग जारी संवादलाई व्यवस्थित र प्रभावकारी बनाउन मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनले औपचारिक वार्ता टोली गठन गरेको थियो ।

आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा गठन गरिएको वार्ता टोलीमा केन्द्रीय महासचिव मनोजकुमार पासमान, केन्द्रीय प्रवक्ता रिजन राना मगर, केन्द्रीय हेडक्वार्टर सदस्य लक्ष्मी घिमिरे, केन्द्रीय हेडक्वार्टर सदस्य किरण परियार तथा संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन सदस्य रहेका छन् ।

आन्दोलनले अघि सारेका ६ बुँदे मागलाई लिखित रूपमा वैधानिकता दिने विषयमा सहमति हुन नसक्दा वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।

आन्दोलनरत पक्षले गृहमन्त्रीले स्वीकार गरिसकेको ६ बुँदे सहमति–पत्रको मस्यौदालाई हुबहु लिखित रूपमा हस्ताक्षर गरी कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने अडान दोहोर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?