News Summary
Generated by OK AI. Editorially reviewed.- सरकार र मिटरब्याज पीडितबीच तेस्रो चरणको वार्ता भए पनि ठोस सहमति जुट्न सकेको छैन।
- पीडितहरूले लिखित सम्झौतामा हस्ताक्षर नभएसम्म आन्दोलन र वार्ता सँगसँगै जारी रहने अडान राखेका छन्।
- मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले भने, ‘हामीले आन्दोलन स्थगित नगरि सम्झौता नभएसम्म वार्ता र संघर्ष सँगसँगै जान्छ भनेका छौं।’
३२ असार, काठमाडौं । सरकार र मिटरब्याज पीडितबीचको तेस्रो चरणको वार्ता भएको छ ।
बुधबार साँझ भएको वार्तामा सम्झौता नभएसम्म वार्ता र संघर्ष जारी रहने मिटरब्याज पीडितहरूले जनाएका छन् । वार्तामा सहभागी मिटरब्याज पीडित टोलीलाई भने आन्दोलन स्थगित गरेर काठमाडौं जान सरकारी टोली शर्त अघि सारेको छ ।
पीडितका सबै माग स्वीकार गर्ने तर केही भाषा सच्याउनुपर्ने भएकाले वार्ता टोली गठन गर्ने सरकारी टोलीले प्रस्ताव गरेको थियो । साथै, अन्तिम सम्झौता काठमाडौंमा गर्नेगरी सरकारी पक्षबाट प्रस्ताव भएको वार्तामा सहभागी एक पीडितले अनलाइनखबरलाई बताए ।
‘हामीले आन्दोलन स्थगित नगरि सम्झौता नभएसम्म वार्ता र संघर्ष सँगसँगै जान्छ भनेका छौं,’ मिटिरब्याज पीडित संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले भने, , ‘हामी सचिवालयको बैठक गरि निर्णय गर्छौं । हाम्रो संघर्ष जारी छ ।’
लिखित सम्झौतामा हस्ताक्षर नभइ घर फर्कन नसकिने पीडितहरूको मत छ ।
मिटरब्याज पीडितहरू जनकपुरबाट आफ्ना माग अघि सार्दै स्थलमार्ग हुँदै काठमाडौंको यात्रामा छन् । यसबीचमा गृहमन्त्री सुधन गुरुङ पनि उनीहरूलाई भेट्न बारा पुगेका थिए । उनी आफैं सहभागी भएर दुई चरणको वार्ता पनि भएको थियो ।
यद्यपि मिटरब्याज पीडितहरूसँग सहमति भने जुट्न सकेको छैन ।
हस्ताक्षर भएको मितिदेखि सम्झौता लागू हुने भएकोले हस्ताक्षर पछि मात्रै आन्दोलन स्थगित गरिने मिटरब्याज पीडितहरूले अडान राखेका छन् ।
गृहमन्त्री गुरुङले स्वीकार गरेको सहमति पत्र जस्ताको तस्तै हस्ताक्षर गरी आधिकारिक मान्यता दिनुपर्ने माग उनीहरूको छ ।
प्रतिक्रिया 4