२७ असार, काठमाडौं । मिटरब्याज विरुद्धको (पैदल) न्याय मार्च शनिबार तेस्रो दिन लालबन्दी पुगेको छ । मिटरब्याज पीडितले बिहीबार जनकपुरको तिरहुतियागाछीबाट पैदल यात्रा सुरु गरेका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले रास्वपाको चुनावी अभियानअन्तर्गत जनकपुरको तिरहुतियागाछीमै सम्बोधन गरेर ‘मधेशबाट अब अधिकार माग्न काठमाडौं जानुपर्दैन’ भनेर भाषण गरेका थिए ।
बालेन प्रधानमन्त्री भएको १०० दिन पूरा भइसक्दा पनि उनको भाषणअनुसार आश्वासन पूरा नभएको भन्दै न्यायको खोजीको घोषणासहित मिटरब्याज पीडित काठमाडौंका लागि पैदलयात्रामा निस्किएका हुन् ।

तेस्रो दिन आज बर्दिबासबाट अघि बढेको यात्रा बर्दिवास–लालबन्दी सडकखण्डमा हुँदै अघि बढेर २६ किलोमिटर लामो यात्रा गरी लालबन्दी पुगेको पीडितहरूले बताएका छन् ।
उनीहरूका अनुसार आज राति लालबन्दीमै बसेर भोलि बिहान त्यहाँबाट यात्रा थाल्ने बताएका छन् ।
तस्वीरहरू :














तस्वीर स्राेत : मिटरब्याज विरुद्धको (पैदल) न्याय मार्च
प्रतिक्रिया 4