News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको दशरथ रंगशालामा सुकुमवासीका घरायसी सामान अलपत्र अवस्थामा फेला परेका छन् ।
- नदी किनारबाट हटाइएका सुकुमवासीहरूलाई सुरुमा रंगशालामा राखिएको थियो र उनीहरूका सामान त्यहीँ छुटेका हुन् ।
- अहिले सुकुमवासीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ ।
३२ असार, काठमाडौं । दशरथ रंगशालामा रहेको सुकुमवासीका सामान अलपत्र परेका छन् । नदी किनारबाट होल्डिङ सेन्टरमा पुर्याइएका सुकुमवासीका सामान रंगशालामा अलपत्र भेटिएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुकुमवासी बस्तीलाई नदी किनारबाट हटाएपछि त्यहाँ बस्दै आएकाहरूलाई सुरुमा दशरथ रंगशालामा राखेको थियो ।
त्यसबेला प्रारम्भिक स्क्रिनिङको काम पनि त्यहीँ भएको थियो । बस्ती भत्काएसँगै सरकारले सुकुमवासीलाई रंगशालामा पुगेर सम्पर्क गर्न भनेको थियो । समानसहित उनीहरु त्यहाँ पुगेका थिए ।
सोही समयमा उनीहरूले त्यहाँ पुर्याएका सामान त्यहीँ छुटेका देखिन्छन् । सुकुमवासीका घरायसी सामान रंगशालामा अलपत्र छन् । अहिले सुकुमवासीहरुलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4