+
+
Shares

खरीपाटीमा मन्त्रीका आश्वासन : हामीले जग्गा पहिचान गर्नुछ, ढिलोचाँडो लालपुर्जा पाउनुहुन्छ

शनिबार कीर्तिपुरबाट खरीपाटी सारिएका सुकुमवासीलाई मन्त्रीहरूको टोली नै पुगेर समस्याको समाधान छिटै हुने आश्वासन दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुरबाट खरिपाटी सारिएका सुकुमवासीलाई सरकारले छिट्टै लालपुर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
  • मन्त्री प्रतिभा रावलले कागजात प्रमाणीकरण प्रक्रिया पूरा भएपछि मात्र सुकुमवासीलाई लालपुर्जा उपलब्ध गराउने स्पष्ट पारिन् ।
  • बर्दियाबाट सुरु भएको लालपुर्जा वितरण कार्यक्रम आगामी केही हप्ताभित्र देशभर क्रमशः विस्तार गरिने मन्त्री रावलले जानकारी दिइन् ।

२८ असार, काठमाडौं । कीर्तिपुरमा रहेको होल्डिङ सेन्टर डुबान भएपछि खरीपाटी सारिएका सुकुमवासीहरूलाई चाँडै लालपुर्जा वितरण गरिने आश्वासन दिइएको छ ।

आइतबार मन्त्रीहरुको टोली नै खरिपाटी पुगेर सुकुमवासीलाई छिटै समस्या समाधान हुने आश्वासन दिएका हुन् ।

मन्त्री प्रतिभा रावलले सुकुमवासीलाई लालपुर्जासम्बन्धी जानकारी गराउँदै सुरक्षित स्थानमा सार्ने काम लालपुर्जा उपलब्ध गराउने उद्देश्यले नै चालिएको बताइन् ।

सुकुमवासीको नाममा वर्षौंदेखि राजनीति गर्नेहरूको प्रवृत्ति अन्त्य गर्न सरकारले यो कदम चालेको उनको भनाइ छ ।

मन्त्री रावलका अनुसार असारको तेस्रो हप्ताबाट लालपुर्जा वितरण सुरु गर्ने विषय उनैले संसद्‌को रोष्ट्रमबाट उठाएकी थिइन् । सोही तालिकाअनुसार बर्दियाबाट लालपुर्जा वितरण थालनी भइसकेको र यो क्रम क्रमशः देशभरका अन्य जिल्लामा पनि विस्तार हुने उनले जनाइन् ।

आगामी केही हप्तामा नेपालका धेरै जिल्लामा लालपुर्जा वितरण थालिने उनको भनाइ छ ।

तर होल्डिङ सेन्टरमा रहेका सुकुमवासीको हकमा भने कागजात प्रमाणीकरणको प्रक्रिया पूरा गरेरै मात्र लालपुर्जा वितरण गरिने उनले स्पष्ट पारिन् ।

पछि विवाद वा मुद्दा नउत्पन्न होस् भन्ने उद्देश्यले नै जग्गाधनी प्रमाणीकरणको प्रक्रिया अपनाइएको उनले बताइन् । साथै जग्गा पहिचानको काम पनि उत्तिकै जटिल र संवेदनशील रहेको उनको भनाइ छ, जसका कारण प्रक्रिया पूरा गर्न केही समय लाग्ने उनले उल्लेख गरिन् ।

‘हामीले सुकुमवासी मात्र पहिचान गरेर भएन । जग्गा पनि पहिचान गर्नुपर्यो । यसले गर्दा सबै प्रक्रिया पुरा गर्दा केही समय लाग्नसक्छ । तर, ढिलोचाँडो समाधान हुन्छ,’ रावलले भनिन् ।

मन्त्री रावलले विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिँदै निश्चित समयसीमा तोक्न नसकिने तर सम्बन्धित सबैले चाँडै लालपुर्जा प्राप्त गर्ने विश्वास व्यक्त गरेकी हुन् ।

त्यस्तै, गृहमन्त्री सुधन गुरुङले पनि सुकुमवासी बालबच्चाको पढाइदेखि अन्य कुरामा सरकार गम्भीर रहेको र त्यसको जिम्मा लिने बताएका थिए । स्वास्थ्यमन्त्री निशा मेहताले पनि सुकुमवासीलाई कुनै स्वास्थ्य जटिलता वा केही समस्या भए आफ्नो मन्त्रालयले सक्रियताका साथ काम गर्ने बताइन् ।

यसरी शनिबार कीर्तिपुरबाट खरीपाटी सारिएका सुकुमवासीलाई मन्त्रीहरुको टोली नै पुगेर समस्याको समाधान छिटै हुने आश्वासन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?