News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको खरिपाटीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मीलाई सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएका छन् ।
- मन्त्रालय वा प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर मात्रै प्रवेश गर्न पाइने भन्दै सञ्चारकर्मीलाई फर्काइएको हो ।
- कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुमवासीलाई खरिपाटी सारिएको थियो, सोही अवस्थाबारे जानकारी लिन पुगेका सञ्चारकर्मीलाई रोक लगाइएको हो ।
२८ असार, काठमाडौं । भक्तपुरको खरिपाटीस्थित सुकुमवासीहरू राखिएको होल्डिङ सेन्टरमा सञ्चारकर्मीहरूलाई प्रवेशमा रोक लगाइएको छ ।
‘माथिबाट अनुमति ल्याउनुस्’ भन्दै रिपोर्टिङमा पुगेका सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको हो । आजै गृहमन्त्री सुधन गुरुङ सहितको सरकारी टोलीले खरिपाटीको होल्डिङ सेन्टरमा निरीक्षण गरेका थिए ।
मन्त्रालय वा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को अनुमति लिएर मात्रै होल्डिङ सेन्टरमा प्रवेश गर्न पाइने रिपोर्टिङमा पुगेका सञ्चारकर्मीलाई बताइएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि अहिले सुकुमवासीहरूलाई खरिपाटी लगिएको छ ।
खरिपाटी लगेपछिको अवस्था बुझ्न पुगेका सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4