+
+
Shares

केही इजरायलीहरू युद्ध लम्ब्याउन चाहन्छन्: अमेरिकी उपराष्ट्रपति

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इजरायली सरकार र त्यहाँको समाजभित्र इरानसँगको युद्धलाई विनाकारण लम्बाउन चाहने मानिसहरू रहेको दाबी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इजरायली सरकारका केही पक्षहरूले इरानसँगको युद्ध लम्ब्याउन अमेरिकी नीति र जनमत प्रभावित गरिरहेको आरोप लगाए ।
  • ‘द जो रोगन एक्सपिरियन्स पोडकास्ट’ मा भान्सले इजरायलले कुनै स्पष्ट उद्देश्यविना नै सैन्य अभियानलाई अनिश्चितकालसम्म जारी राख्न खोजेको दाबी गरे।
  • अमेरिका र इरानबीच एक-अर्काका सैन्य ठेगानामा हमला भइरहेको तनावपूर्ण अवस्थामा भान्सको यो गम्भीर टिप्पणी सार्वजनिक भएको छ ।

३२ असार, काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इजरायली सरकार र त्यहाँको समाजभित्र इरानसँगको युद्धलाई विनाकारण लम्ब्याउन चाहने मानिसहरू रहेको दाबी गरेका छन् । उनका अनुसार, ती तत्वहरूले अमेरिकी नीति र जनमतलाई प्रभावित पार्ने कोसिस गरिरहेका छन् ।

बुधबार प्रसारण भएको ‘द जो रोगन एक्सपिरियन्स पोडकास्ट’ मा जेडी भान्सले भने, ‘मलाई यसमा अलिकति पनि शंका छैन कि इजरायली सरकारभित्रका केही मानिसहरू हाम्रो नीति परिवर्तन गर्ने कोसिस गरिरहेका छन्, किनभने उनीहरू सैन्य अभियान जारी राख्न चाहन्छन्।’

भान्सले इजरायली प्रणालीका केही मानिसहरूले अमेरिकाभित्रको जनमतलाई प्रभावित पार्ने र त्यसको दिशा बदल्ने कोसिस गरिरहेको कुरामा अमेरिकालाई पूर्ण विश्वास रहेको दाबी गरे। उनका अनुसार यो काम कुनै स्पष्ट उद्देश्य प्राप्त गर्नका लागि नभई केवल युद्धलाई अनिश्चितकालसम्म जारी राख्नका लागि भइरहेको छ।

अमेरिका र इरान एक-अर्कामाथि आक्रामक भइरहेको समयमा जेडी भान्सको यो दाबी आएको हो। इरानले मध्य-पूर्वमा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा हमला गरेको दाबी गरेको छ भने अमेरिकाले इरानको सैन्य शक्तिमाथि हमला गरेको दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?