+
+
Shares

अमेरिकामा नेपाली मूलको क्रिकेट : ह्यारिसवर्ग गोर्खा टिम विजयी

अमेरिकाभरिका उत्कृष्ट ११ वटा टिमको सहभागितामा सम्पन्न ३ दिने टी–१२ क्रिकेट मेलाको फाइनल खेल ह्यारिसवर्ग गोर्खा र ड्रुक रेवल्सकाबीच जुलाइ ५ मा भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १८:५०

२३ असार, काठमाडौं ।  अमेरिकाको पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसवर्ग शहरमा सम्पन्न नेपाली क्रिकेट खेलमा ह्यारिसवर्ग गोर्खा टिम विजयी भएको छ ।

अमेरिकाभरिका उत्कृष्ट ११ वटा टिमको सहभागितामा सम्पन्न ३ दिने टी–१२ क्रिकेट मेलाको फाइनल खेल ह्यारिसवर्ग गोर्खा र ड्रुक रेवल्सकाबीच जुलाइ ५ मा भएको थियो ।

नेपालीमूलका व्यक्तिहरू संलग्न युनिटी स्पोर्टस एण्ट कल्चलर अलाइन्स र रियुनियन क्रिकेट क्लबले प्रतियोगिता आयोजना गरेका थिए ।

अमेरिकाभरिका नेपालीका लागि आयोजित यो प्रतियोगितामा नोभा रोयल्स, हिमालयन किंग्स, हन्टर व्वाइज, रियुनियन क्रिकेट क्लब, एभरेष्ट लायन्स, साथी बाल्टिमोर, सिन्सिनाटी वारियर्स, ड्रुक रिबेल्स, नाइट राइडर्स र ह्यारिसवर्ग गोर्खा क्रिकेट क्लबले सहभागिता जनाएका थिए । प्रतियोगितामा विजेता ह्यारिसवर्ग गोर्खाले प्रतिष्पर्धी ड्रुक रिवेल्सलाई २४ रनले पराजित गरेको थियो । खेलमा म्यान अफ द सिरिज इजिकेल घतानी भएका छन् ।

उत्कृष्ट ब्याट्समेन मनिष हुमागाई, उत्कृष्ट बलर बासु ढुंगाना, उत्कृष्ट फिल्डर सुवोध वाग्ले, उत्कृष्ट विकेटकिपर खगेन धिमाल, र उत्कृष्ट क्याच आयुस खनाल घोषित भएका छन् । त्यसैगरी फेयर प्ले अवार्ड साथी बाल्टिमोर टिमले जितेको छ ।

विजेता टिमले ७ हजार अमेरिकी डलर र उपविजेता टिमले ३ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । विजेताहरूलाई युनिट क्लबका अध्यक्ष ओमराज गुरुङ र इन्ट्रा फाउण्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले पुरस्कार हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?