+
+
Shares

कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १८:३८

३२ असार,बुटवल । कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कपिलवस्तु जिल्ला अदालतले बिहीबार कुटपिट आरोपमा सांसद शाहलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि आक्रमणको आरोप थियो ।

कपिलवस्तुको कृष्णनगरमा भएको सामूहिक आक्रमणमा सांसद शाह जोडिएको आरोपमा शाहविरुद्व जाहेरी दर्ता भएको थियो ।

कुटपिटको घटनामा शाहविरुद्ध मुद्दा दर्ता भएर कानुनी प्रक्रिया अघि बढेको कपिलवस्तु प्रहरीका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।  यसअघि आक्रमणमा संलग्न व्यक्तिहरूविरुद्ध जाहेरी दिन जाँदा प्रहरीले आलटाल गरेको पीडित पक्षले गुनासो गरेका थिए ।

प्रतिनिधिसभा सदस्य शाह र कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहसहित १५–२० जनाको समूह आफ्नो निवासमा प्रवेश गरेर अन्धाधुन्ध कुटपिट गरेको पीडित शर्माको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?