+
+
Shares

विष्णु पौडेलमाथि सम्पत्ति शुद्धीकरणको आरोप, करिब २१ करोडको बिगो दाबी

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेल सहित ६ जना व्यक्ति र १० वटा कम्पनीहरुलाई मुद्दा चलाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
  • विभागले पौडेलमाथि २० करोड ९० लाख रुपैंया सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाउँदै बैंक खाताको ६ लाख ३४ हजार रुपैंया जफत गर्न माग गरेको छ ।
  • यो मुद्दामा ६ जना व्यक्ति र १० वटा कम्पनीलाई मतियारको भूमिकामा संलग्न रहेको आरोप लगाइएको छ ।

३२ असार, काठमाडौं । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विशेष अदालतले जारी गरेको सूचना अनुसार, पौडेलमाथि २० करोड ९० लाख रुपैंया सम्पत्ति शुद्धीकरण गरेको आरोप छ । विभागले पौडेलको बैंक खातामा भएको ६ लाख ३४ हजार रुपैंया जफत गर्न समेत मागदाबी गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेल सहित ६ जना व्यक्ति र १० वटा कम्पनीहरुलाई मुद्दा चलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?