+
+
Shares

पक्राउ पुर्जीबारे कांग्रेस सांसद शाहको प्रतिक्रिया- हारको पीडामा रहेका विपक्षीको षडयन्त्र

बिहीबार कपिलवस्तु जिल्ला अदालतले शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १९:३१

३२ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि त्यसलाई राजनीतिक प्रतिशोध र चुनावी हारको पीडाबाट सिर्जित षडयन्त्र भएको बताएका छन् ।

बिहीबार कपिलवस्तु जिल्ला अदालतले शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

‘आज सम्मानित जिल्ला अदालत बाट मेरो नाम मा पक्राउ पुर्जी जारी भएको जानकारी मैले पाएँ । कसैलाई सहयोग गर्न बचाउन जाँदाको प्रतिफल मैले पाएको छु,’ सांसद शाहले फेसबुकमा लेखेका छन्, ‘यो केवल एउटा राजनैतिक प्रतिशोध, चुनावी हारको पीडा, विपक्षीहरूको षडयन्त्र र प्रशासनलाई समेत गुमराह बनाइ मलाई मेरो चरित्र हत्या गर्ने प्रपञ्चबाहेक अरु केही होइन ।’

उनले नखाएको विष नलाग्ने भन्दै आफू निर्दोष रहेको दाबी गरेका छन् । ‘खाएको विष लाग्ने हो, लाग्नु पनि पर्छ । तर, न खाएको विष लाग्दैन । मलाई मेरो देशको संविधान कानुन र सम्मानित न्यायलयप्रति पूर्ण विश्वास छ,’ सांसद शाहले अगाडि भनेका छन् ।

केहीदिनमा सत्य कुरा बाहिर आउने उनले बताएका छन् । उनले भनेका छन्, ‘कानुनले निर्वाध रूपमा आफ्नो काम गरोस् । म मेरो भागको कानुनी लडाइँ विधिसम्मत लड्ने नै छु । र, पूर्ण रूपमा कानुनी प्रक्रियामा सहयोग गर्न तयार छु ।’

आरोप लाग्नु र दोषी ठहर हुनु फरक कुरा रहेको उनले भनेका छन् ।

सांसद शाह कपिलवस्तु– ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनीमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्माले आफूमाथि आक्रमण गरेर कुटपिट गरेको आरोप लगाएका छन् ।

सोही आरोपको अनुसन्धानका लागि अदालतले प्रहरीलाई पक्राउ गरेर अनुसन्धान गर्ने अनुमति दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?